Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

Milan Ghimire by Milan Ghimire
August 12, 2019
in जनता स्पेसल, समाचार
0
राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ ।
साउन,२७

राष्टिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ । यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने निर्णय भएको छ । सोमबार राप्रपा प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस अघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथ देखि गोरखनाथ सम्म यात्रा सम्पन्न भईसकेको छ भने अहिले तेश्रो चरणको यात्राको तयारी गरिएको छ । तेश्रो चरणको यात्रा पछि बाँकी जिल्लाहरुको यात्रा दशैं र तिहारको विचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताए । बैठकको निर्णय र यात्रा तालिका बारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराईएको र थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए । बैठकमा यात्रा संचालन हुने जिल्लाका केन्द्रीय पदाधिकारी, सदस्यष् एवं प्रदेश साँसद रिता माझीको उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेतृत्व विकास एवं क्षमता भिवृद्धिसम्बन्धीअभिमुखीकरण सम्पन्न

Next Post

मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा

Next Post
मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा

मिडिया काउन्सिल विधेयक सहमतिको नजिकमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.