Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापतिमा धारिलो हतियार प्रहारबाट एक किशोरी गम्भीर घाइते, पुरुष मृत फेला

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सुनापतिमा धारिलो हतियार प्रहारबाट एक किशोरी गम्भीर घाइते, पुरुष मृत फेला
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २७

रामेछाप । सुनापति गाउँपालिका ४ बेथानमा एक किशोरी धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएकी छिन् । घाईते हुनेमा बेथानकी स्थानीय २३ वर्षीय अरुणा राय रहेकी छन् । उनलाई धारिलो हतियार प्रहारबाट गम्भिर चोट लागेको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा उनीमाथि आक्रमण भएको बताइएको छ । तर उनीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुलेको छैन् । उनलाई हत्या गर्ने उद्श्यले हतियार प्रहार भएको पाइएको छ ।

उनलाई उद्धार गरि उपचारको लागि तत्काल धुलिखेल अस्पताल पठाईएको र अहिले उनको शल्यक्रिया गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जनता भ्वाइसलाई जानकारी दिए । उनको अवस्था मध्यम रहेको उनले बताए ।

त्यस्तै रायलाई घाईते अवस्थामा भेटिएको ५० मिटरको दुरीमा एक पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत भेटिनेमा रुकुम पश्चिम कुसिकोट नगरपालिका घर भै सुनापति गाउँपालिकाको डहु विधुत प्राधिकरणमा कार्यारत अन्दाजी २७ वर्षीय प्रमोद कुमार ओली रहेका छन् । उनको मृत्यु बारे ओलीको परिवारलाई जानकारी गराएको र परिवार रुकुमबाट रामेछापको लागि हिडिसकेकाले उनीहरु याँहा आएपछि घटनाको बारेमा विस्तृत जानकारी आउने निरीक्षक पौडेलले बताए ।file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अङ्ग्रेजी गीत गाऊँ : सलह भगाऊँ

Next Post

प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा व्यवसायीहरू बाँच्न सक्ने वातावरण बनाउनूस्-गगन थापा

Next Post
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,

प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा व्यवसायीहरू बाँच्न सक्ने वातावरण बनाउनूस्-गगन थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.