Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ज्वोरोका बिरामी बढे, डाक्टरहरु भन्छन् कोरोनाको डर हरायो

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २८

रामेछाप । रामेछाप जिल्लामा भाइरल ज्वारोका बिरामी बढेका छन् । बिगत केही दिन यता ज्वोरोका बिरामी बढेका हुन् । मौसममा आएको खराबीका कारण बिरामी बढेको हुन सक्ने तामाकोसी अस्पतालकी स्टाफ् नर्स सरिता श्रेष्ठ बताउनु उछिन् । विशेष गरि जिल्लाको मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिकाका स्थानीयहरुले जिल्लाको सदरमुकाम मन्थलीमा संचालित रामेछाप समुदायिक अस्पता, प्राथामिक स्वास्थ्य केन्द्र मन्थली र तामाकोसी अस्पतालमा भरिएका हुन् ।

अहिले यि प्रत्येक अस्पताहरुमा ६/७ जना ज्वारोका बिरामी भर्ना गरेरै बसेका छन् । उनीहरु ३/४ दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किने गरेका छन् । कोरोना भाइरस संक्रमणले त्रासिन स्थानीयहरु ज्वारो फैलिन थालेपछि थप पीडित बनेका छन् । उनीहरु ज्वारोको भाइरसको संक्रमित हुनुमा गरिब, असन्तुलित भोजन, मानसिक तनाव, बेरोजगार लगाएत विभिन्न कारण रहेको डाक्टहरुको भनाई छ ।

अस्पतालमा ज्वोरोका बिरामी बढेपछि डाक्टहरु भने कोरोनाको उच्च जोखिममा परेको नर्स श्रेष्ठले गुनासो गरिन् । उनले भनिन्-कोरोनाको संक्रमणबाट हामी १०० प्रतिशत असुरक्षित छौं, बिरामी आउँछन्, नहेरौ भनेपनि हुदैन, को काहाँबाट आएका हुन्छ हामीलाई थाहा पनि हुन्न । पहिले चैत्र, बैशाखमा बिरामी पनि धेरै डराएका हुन्थ्य कति त उपचार गर्नै आउदैन थिए अहिले त्यो हटेको छ हाम्रो पनि डर कम भएको छ । खासै डर लाग्दैन आब त मनमा चाही केही खुल्दुली हुन्छ । मन्थलीमा कोरोना साचै फैलियो भने चै हामीलाई धेरै समस्या छ । गर्मी हुन्छ पीपीइ लगाएर बस्न सकिदैन । त्यसैले हामी धेरै असुरक्षित छौं । आत्मबल बढाएर काम गरि रहेका छौं पहिलेको भन्दा डर हरायो ।

त्यस्तै रामेछाप सामुदायिक अस्पतालका डा. तेजराम खत्रीले ज्वोरोका बिरामी बढेको बताउदै अस्पतालमा इर्मजेन्सी केसहरु धेरै आउने गरेको जनाकरी दिए । उनका अनुसार हात खुट्टा भाँचिएकाहरु पछिल्लो समय अस्पतालमा धेरै आउने गरेका छन् । उनीहरु काम गर्दा, मोटरसाइकल दुर्घटनामा परेकाहरु, रुखबाट लडेकाहरु धेरै पाइने गरेको छ ।

पछिल्ला दिनहरुमा आफूहरुलाई कोरोना भाइरस प्रतिको डर कम भएको उनको धारण छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप ८२ जनामा कोरोना पुष्टि : १४७ जना डिस्चार्ज

Next Post

विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

Next Post
विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.