असार २८
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका स्थानीयहरुले ठेला गाडा निशुल्क पाएका छन् । गत आर्थिक वर्ष ०७६/०७७ को पालिकाको एक घर एक गाडा कार्यक्रम अन्तर्गत शनिबार ४३ घर परिवारलाई सो ठेला गाडा वितरण गरिएको सोही वडाका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जनता भ्वाइसलाई जानकारी दिए । कुल २ लाख बजेटबाट स्थानीयहरुलेनै समिति गठन गरि खरिद गरेको सो गाडा शनिबार वडा अध्यक्षले स्थानीयहरुलाई दिएको उनले बताए ।
उनका अनुसार सो ठाउँसम्म रहेकाले त्याहाँका नागरिकहरुलाई सामाग्री ओसार परास गर्न सहज होस भन्ने उदेश्यले वितरण गरिएको हो । उनले भने यो ठाँउ एकदम्म सम्म छ त्यस्तै याहाँका स्थानीहरुलाई माल पुर्याउन, सहज होस् भनेर दिएको हो । यसमा बोक्नु नपर्ने र धेरै सामाग्री सहजै ओसारपसार गर्ने भएकाले दिएको हो ।

![कक्षा ५ र ८ मा उत्कृष्ट तीनमा पर्ने विद्यार्थीले पाए प्रोत्साहान भत्ता ५० हजार [फोटोसहित]](https://i0.wp.com/janatavoice.com/wp-content/uploads/2020/07/Khadadavi.jpg?resize=750%2C375&ssl=1)




