Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार
0
बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन १,

हेटौंडा । आर्थिक वर्ष ०७७/७८ को पहिलो दिनमै बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरुसँग लिखित कार्यसम्पादन सम्झौता गरेका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्य सञ्चालन करार सम्झौता भएको हो । नयाँ आर्थिक वर्षमा प्रदेश सरकारले गर्ने कार्यहरु, मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीहरुलाई बजेट कार्यान्वयनका लागि नैतिक दबाब हुने भन्दै सम्झौता गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए।  सम्झौतापछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकार जसरी भए पनि सफलतातर्फ बढ्ने दाबी पनि गरे।

कार्य सम्पादन सम्झौता मुख्यमन्त्री पौडेलसँग बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल र भौतिक पूर्वाधार मन्त्री रामेश्रर फुँयालबीच भएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल भने कार्यक्रममा उपस्थित भएनन्।  प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीहरुसँग गरेका सम्झौता अनुसार नै मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग र सचिवले मातहतका विभाग तथा कार्यालय प्रमुखसँग सम्झौता गर्ने प्रदेश सरकारका प्रमुख सचिव तोयम रायले जानकारी दिए। 

यो सम्झौताको अवधि ०७७/७८ को अन्तिमसम्म हुने छ। संघीय सरकारले सुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक अभ्यास गर्न लागेको मुख्यमन्त्री पौडेलले बताएका छन्।  बागमती प्रदेशका प्रमुख सचिव रायका अनुसार प्रदेशमा ०७६÷०७७ मा करिब ६० प्रतिशत बजेट खर्च भएको छ। यस्तै बागमती प्रदेशको बेरुजु ३ प्रतिशत भन्दा कम भएको रायको दाबी छ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

Next Post

सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार

Next Post
सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार

सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.