Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार
0
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०१

काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्‍याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालिका-५ घर भई हाल धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री गरेर आफूले आर्थिक लाभ लिई नेपाल टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्‍याई कम्पनीलाई हानि नोक्सानी पुर्‍याएको भन्ने नेपाल टेलिकमबाट प्राप्त पत्रअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देउजालाई धनकुटाबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ थान ल्यापटप र २ थान मोबाइल बरामद गरेको छ ।
ह्याकरले अनट्रेसएवल ईन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ । देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ ।

उनलाई बिद्युतिय कारोवार ऐन, २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउनको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

Next Post

बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता

Next Post
बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता

बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.