Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार
0
सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, श्रावण १ सिन्धुलीमाढि ।
पछिल्लो समय सिन्धुली अस्पतालमा सुत्केरी हुन आउने महिलाको संख्यामा वृद्धि भएको छ । अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुलाई राख्नका लागि प्रसुती वार्ड निर्माण भएको छ । ९ वटा वेड अटाउने गरि निर्माण गरिएको भवनमा हाल ७ वटा वेड राखिएको छ । दैनिक ६÷७ जनासम्म महिलाहरु सुत्केरी हुन आउने गरेका छन् । अस्पतालमा वेडको अभाव भएपछि नयाँ भवन निर्माण गरिएको अस्पतालले जनाएको छ । अप्रेशन गरिने सुत्केरी महिलाहरुलाई राख्नका लागि उक्त भवन प्रयोग गर्ने लक्ष्यका साथ निर्माण गरिएको हो । स्वास्थ्य मन्त्रालयको १३ लाख रुपैँया, उर्मिला थापाबाट प्राप्त रकम २ लाख, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघबाट प्राप्त १ लाख र विजय कुवरबाट प्राप्त २५ हजार तथा कर्मचारी मिलन केन्द्रबाट १५ हजार रुपैयाँ रकमबाट भवन निर्माण गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

भवन सम्पन्न गर्दा १६ लाख ३८ हजार रुपैंया भ्याट सहित लागत लागेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । नवनिर्मित भवनबाट सुत्केरी महिलाले भोलीदेखि सेवा पाउने छन् । उक्त भवनका लागि आवश्यक वेड तथा अन्य सामग्री, उपकरणहरु गरि १० लाख रुपैयाँ बराबरको सामान कमलामाई नगरपालिकाले सहयोग गरेको जनाइएको छ । आज कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले भवनको उद्घाटन गर्नुभएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग लिखित सम्झौता

Next Post

देशभरका सय नमुना विद्यालयमा पर्यो खाँडादेवीको विष्णुजनज्योती मावि

Next Post
विद्यालय खोल्ने मिति तोकियो

देशभरका सय नमुना विद्यालयमा पर्यो खाँडादेवीको विष्णुजनज्योती मावि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.