Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in समाचार, स्वास्थ्य
0
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगंजको शुक्रबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । सो क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाईलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सधन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट लगायतको निरीक्षण गरे । साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिए ।
निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति वोली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा देखिएका समस्याको समाधानकालागि उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीहरुले आफूमा भएका क्षमतालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । समय र साधन स्रोतको सदुपयोग गर्दै प्रहरी कर्मचारीहरुले अस्पतालमा आउने विरामीलाई थप प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरुले कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम प्रविधि र पद्धतिलाई अङगिकार गरी स्वस्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताए । नेपाल प्रहरी अस्पतालको एक मात्र उद्देश्य गुणस्तरीय उपचार सेवा प्रदान गर्ने रहेको बताउँदै अस्पताललाई सरकारी अस्पतालमध्येको उत्कृष्ट बनाउनेतर्फ सदैव प्रयासरत रहेको उनले बताए ।

अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. रामकृष्ण राज भण्डारीले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार यादवले नेपाल प्रहरी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य उपचार सेवा लगायतका विषयमा प्रस्तुतीकरण गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भोलि नेकपाको सचिवालय बैठक बस्ने

Next Post

अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारलाई इन्सेकको ध्यानाकर्षण

Next Post
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर

अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारलाई इन्सेकको ध्यानाकर्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.