Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिका उपप्रमुखले परियोजना बन्द गर्दा बन्द हुने र खोल्दा खोलिने भन्ने हुँदैन : उपप्रमुख कार्की

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in फिचर, समाचार
0
गाउँपालिका उपप्रमुखले परियोजना बन्द गर्दा बन्द हुने र खोल्दा खोलिने भन्ने हुँदैन : उपप्रमुख कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३, जनता भ्वाइस संवाददता, रामेछाप
उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले आफ्नो गाउँपालिका भित्रका विकास आयोजनाको कार्यमा कोभिड १९ कोरोना भाइरसको कारण समस्या उत्पन्न भएको बताएकी छिन् । वार्षिक स्वीकृत कार्यक्रममा केही प्राकृतिक बाधा उत्पन्न भएपनि आर्थिक वर्षको अन्त्य सम्मका कार्यसम्पन्न भएका केही योजना र ठेक्का प्रक्रियाबाट सुरु भएका आयोजनाहरुको कार्य सम्पन्न नभइसकेको कारण काम अझै चालु रहेको उनले बताएकी छिन् ।
गाउँपालिकाको गौरवको आयोजना मध्ये मध्यमार्गी बाटो निर्माणमा विशेष गरी ब्याककटिङ र सोलिङको काम भर्खरै सम्पन्न भएको कार्कीले जनाएकी छिन् ।


सडक भन्दा बाहेक भौतिक पूर्वाधार निर्माण जस्तै विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयहरुका भवन, खानेपानी लगायतका विषयहरुको अनुगमनमा कस्तो पाउनु भएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा कार्की भन्छिन्, ‘विद्यालय अझ भन्दा शैक्षिक क्षेत्रमा भएका कामहरु बन्दाबन्दीको कारणले समस्यामा परेको छ । त्यो भन्दा बाहेक योजना नै बनाएर गरेका भौतिक निर्माणका कार्यहरुमा उपलब्धी भएको मेरो अनुगमनले देखाएको छ । स्वास्थ्यका लागि उमाकुण्ड गाउँपालिकामा ठूलो भोल्यूममा भवन निर्माण गर्ने बजेट हामीले विनियोजन गरेका थिएनौं । वडा नं. १ गुम्देलमा बर्थिङ सेन्टर स्थापना भएर संचालनमा आएको छ । स्वास्थ्यका लागि बनाइएको योजनाको कार्य यही थियो जो कार्यप्रक्रिया सम्पन्न भइसकेको छ ।’


कार्कीले महिलाको क्षेत्रमा भएको बजेटलाई वडास्तरमा अन्य विकास कार्यका लागि वडाध्यक्षहरुले रकम खर्च गरेको प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । यसै प्रसंगमा कार्की भन्छिन्, ‘गाउँकार्यपालिकाले निर्णय गरेर लक्षित वर्गको लागि बनाएका कार्यक्रमलाई वडाध्यक्षहरुले मनोखुशी तोडमोड गरी अन्य कार्यमा लगाएका छन् । जस्तो कुवुँकास्थलीमा महिलाको शिर्षकमा छुट्याएको बजेटलाई खेलकुद मैदान बनाउने काममा खर्च गरिएको छ । प्रितीमा महिलाको शिर्षकमा छुट्याइएको बजेटलाई स्थानीय मन्दीरको सिँढी बनाउने काममा खर्च गरिएको छ । समग्रमा हेर्दा हामीले जुन रणनीति बनाएर काम गर्छौं भन्ने सोचेका थियौं, सो अनुसार काम हुन सकेको छैन ।’


उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिको कार्यालयमा ४९ वटा विविध विषयका मुद्दा दर्ता भएको कार्कीले बताएकी छिन् । शनिवार जनता भ्वाइसले गाउँपालिकाका उप्रमुखहरुसँग आर्थिक वर्ष २०७६–०७७ मा भएका पूर्वाधार विकासको अनुगमन, पालिका क्षेत्रका लाक्षितवर्गप्रतिको कार्यसम्पादन तथा न्यायिक समितिको कार्यगतिका बारेमा जिज्ञासा राख्दा कार्की आफ्नो क्षेत्रमा भएका कार्यहरुको समीक्षा गरेकी हुन् । ‘गत आर्थिक वर्षभरि न्यायिक समितिको मातहतमा भएका न्यायसम्पादनका कार्यहरु कस्ता रहे ?’ भन्ने हाम्रो जिज्ञासामा कार्कीले आगाडि भनिन्, ‘मेरो गाउँपालिकाभित्र मेरो क्षेत्राधिकारमा पर्ने न्यायिक समितिमा गाउँस्तरमा हुने जग्गा सीमा विवाद, घरभित्र श्रीमान श्रीमती झैझगडा, अंशबन्डा लागायतका विषयहरुलाई हामीले निरुपण गरेका छौं । जसमा धेरै भन्दा धेरै वार्ता र सहमति अनि मिलापत्रबाट समाधान खोज्ने प्रयास गरिएको छ । त्यस्तै पालिका भित्रका वडावडामा गएर अपाङ्गता भएकाहरुको परिचयपत्र वितरण र नवीकरण गर्ने कार्य पनि कुशतापूर्वक गरिएको छ ।’


लिखु जलविद्युत परियोजनामा गाउँपालिकाका प्रमुख र कार्की बीचमा भएको असमझदारीको विषयलाई समेत कार्कीले प्रष्ट पारेकी छिन् । स्थानीयस्तरमा कार्कीलाई जलविद्युत आयोजनाले गरेको काम र जनस्तरप्रति उत्तरदायी नभएको बारेमा पालिका प्रमुख शेरबहादुर सुनुवारले प्रतिवाद गरिरहँदा उपप्रमुख कार्कीले आयोजना संचालकसँग मिलेर आयोजना संचालनमा सहजता बनाएको आरोप लागेको छ । सो सम्बन्धमा जिज्ञासा राख्दा कार्कीले प्रष्ट भनिन्, ‘संघीय सरकारले अनुमति दिएर संचालन गरेको गौरवको आयोजनालाई बिना एजेण्डा बन्द गर्न मिल्दैन । स्थानीयसँग नमिलेका विषयहरु प्रष्ट नभइकन परियोजना बन्द गर्नु राम्रो कुरा होइन । म अर्थात् एउटा गाउँपालिकाको उपाध्यक्षले परियोजना संचालन गर्छु भनेको भरमा मात्रै परियोजना संचालन हुँदैन भन्ने कुरामा सबैलाई प्रष्ट पार्न चाहन्छु ।’
कार्कीले परियोजना संचालनमा नमिलेका विषयहरुलाई आयोजनाका संचालकहरुले मिलाएर परियोजनाको गति रोक्न नहुने बताएकी छिन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

सैपुकी एक महिलाले गरिन् आत्महत्या

Next Post

आज राति नर्विच सिटी र बर्नलेबीच खेलहुने

Next Post
आज राति नर्विच सिटी र बर्नलेबीच खेलहुने

आज राति नर्विच सिटी र बर्नलेबीच खेलहुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.