Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कालोपत्रे गरेको ४ महिना नपुग्दै सडक भत्कियो, आफ्नो नाकैमा यस्तो हुँदा समेत पालिका मौन [फोटोसहित]

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
कालोपत्रे गरेको ४ महिना नपुग्दै सडक भत्कियो, आफ्नो नाकैमा यस्तो हुँदा समेत पालिका मौन [फोटोसहित]
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन ३ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
दोलखा जिल्ला तामाकोशी गाउँपालिकाको जफे–मालु–हावा सडक कालोपत्रेमा चरम घोटला भएको देखिएको छ । दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा रहेको जफेको ढोलिखोला जंगलबाट हावा, च्यामासम्म पुग्ने मोटरबाटोमा गरिएको सडक कालोपत्रे यतिसम्म गुणस्तरहीन छ कि, जो कोही पनि त्यो कुराको सहजै अनुमान लगाउन सक्छ । यो सडक कालोपत्रे गरिएको १ वर्ष पनि बितेको छैन । पहिलोवर्षे ‘एनिभर्सरी’ मनाउन पाउँदा नपाउँदै यो सडकको हविगत चौपट भएको हो ।
जताततै सडक भत्किएको छ । न नाला कटिङको व्यवस्थापन गतिलो भएको छ, न त सडकमा विच्छ्याइएको कालोपत्रे नै गुणस्तरयुक्त छ । आर.आर.आर. अर्थात् ट्रिपल आर नामक संस्थाले यो सडकको ग्रावेल विच्छ्याउने काम भएपछि खण्डखण्ड अनुसार स्थानीय पेटी ठेकेदारहरुले काम गरेको उक्त सडकमा कुनै पनि स्थानमा गतिलो कालोपत्रे देख्न सकिँदैन । यो बारेमा स्थानीयबासीहरु निकै आक्रोसित भएका छन् । कतिपय स्थानीयबासीहरु यो सडक पिच गर्ने क्रममा स्थानीय गुण्डाहरुका कारण कम गुणस्तरयुक्त पिच गरिएको दावी गर्छन् ।


सडकमा भएको कालोपत्रे प्रति जफेका स्थानीयबासी केशब पोखरेल सन्तुष्ट नरहेको प्रतिक्रिया दिन्छन् । उनी भन्छन्, ‘कुन्दन काफ्लेका गुण्डाहरुको दादगिरीका कारण सडकको कालोपत्रे कमसल भएको हो । यो सडकमा यतिसम्म लापर्वाही भयो कि, माटो भएको ठाउँमा सिधै लोडरले पेलेर अलकत्रा छर्किएर चिप्स खन्याउँदै फेरि लोडरले पेल्ने काम भएको छ ।’ यस सडकको प्राय धेरै स्थानमा खेत परेको छ । आफैंमा जफेबेसी धेरै उब्जाउ हुने जग्गा पनि हो । सो उब्जाउका लागि कुलो बनाउनु पर्ने स्थानमा न कुलो काटिएको छ, न पानीका लागि कुनै पाइपको नै व्यवस्था गरिएको छ । खेतधनीहरु आफैले जताबाट सहज हुन्छ, त्यतैबाट आफ्नो मनोमानी सडक भत्काएरै कुलो निर्माण गरेका छन् ।


यो सडक तामाकोसी गाउँपालिकाको नाकै चिरेर निर्माण भएको छ । आफ्नो नाकै अघि सडकको हालत यस्तो हुँदा पनि गाउँपालिकाको उचित ध्यान जान नसकेको पोखरेल गुनासो गर्छन् । हिजो निर्वाचन भन्दा अघि यो सडक नै आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताउने गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल आज हिजोको बोली फेर्दै यतिसम्म भएपनि काम त भएको छ नि ? भन्ने ओठे जवाफ दिने गरेको केशव बताउँछन् । उनी यतिसम्म पनि शंका भएको बताउँछन् कि गाउँपालिका अध्यक्षलाई ठेकेदार पक्षले निकै मोटो रकम दिएको हुन सक्छ ।


अर्का स्थानीयबासी रामबहादुर पोखरेल पनि यो सडकको कालोपत्रे प्रति सन्तुष्ट रहेनछन् । सडकमा जताततै भत्किएको नाला र मेशिनरी वालप्रति उनको कडा कटाक्ष रहेको छ । हामीसँगको कुराकानीमा रामबहादुर यसो भन्छन्, ‘यो पनि कुनै पिच हो ? यो त सडकको छारो र धुलो पुरेको मात्रै हो । ठेकेदारलाई बढी नाफा कमाउनु परेका कारण यस्तो गुणस्तरहीन काम गरिएको हो । खोलामा गाडी कुदाइएको हो कि सडकमा कुदाइएको हो, छुट्याउनै मुस्किल पर्ने अवस्था यो सडकमा छ । बरु थोरै गरेको भए पनि हुन्थ्यो । सडक पिच सक्ने बहानामा लठिभद्र काम छोडेको छ ।’


ढोलीखोला जिरो किलोबाट मालु डाँडागाउँ करिब १० किलोमिटर बाटोमा नै २० भन्दा बढी स्थानमा कालोपत्रे गरिएको छैन । यसै पनि जफे, मालुमा खोला खोल्सीहरु बढी भएको ठाउँ हो । कुनै पनि खोला खोल्सीहरुमा कजवे निर्माण गरिएको छैन । यतिसम्म कि तामाकोसी गाउँपालिका भएको स्थानमा नै सडक कालोपत्रे हुन सकेको छैन । यस्तो देख्दा देख्दै पनि गाउँपालिका मौन बसेको जस्तो देखिनु दुर्भाग्य हो ।


सडकमा बिच्छ्याएको चिप्स पनि पानीले बगाएर सडक नाङ्गो भएको छ । स्थानीयबासी शम्भु विश्वकर्माका अनुसार बाटोमा विच्छ्याइएको चिप्सलाई स्थानीयहरुले उठाएर घर लगेको बताउँछन् ।
यो सडकका छेउमा गाडिएका सबै कभरेज पिलरहरु पहिरोको कारणले अलपत्र परेका छन् । यसै विषयको प्रतिक्रिया लिन तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलसँग टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रविधिको प्रयोगले सरकारी खर्चमा कमि, प्रविधि मैत्री बन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभाग

Next Post

शनिबार डेढ महिना यताकै कम कोरोना संक्रमित भेटीए : विश्वभरमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

शनिबार डेढ महिना यताकै कम कोरोना संक्रमित भेटीए : विश्वभरमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...