फाइल फोटो : गाई
साउन ०५ जनता भ्वाइस संवादाता
काठमाडौं । कोरोना भाइरस संक्रमणले विश्वनै आतङ्कित भैरहेको बेलामा नेपालमा थप एक विपत्ति थपिएको छ । नेपालमा घरपालुना जनावार गाईमा नयाँ प्रकारको संक्राकम रोग फैलिएको छ । यो रोग गाईमा दिन प्रतिदिन फैलिदै आएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् ।
उक्त रोग कुन प्रकारको हो भन्ने बारेका हाल सम्ममा पहिचान भएको छैन् । सो रोगका कारण अहिले नेपाल-भारत सीमावर्ती क्षेत्रका गाईहरु बिरमी परेका छन् । भने मोरङमा करिब एक दर्जन गाई मरेको पशु अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।
उक्त रोग लागेपछि गाईले दुध दिन छोड्ने वा कम दिने गरेको पशुरोग चिकित्सकहरूको भनाइ छ । यो रोग अहिले झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको बिबिसिले जनाएको छ । बिबिसिका अनुसार मोरङमा करिब ३०० गाईमा यो रोग देखिएको छ ।
उनका अनुसार यो भाइरल रोग नेपालका लागि नयाँ हो। यसको परीक्षण तथा उपचारको विधि नेपालमा अहिलेसम्म छैन। नेपालमा ७० लाखभन्दा बढी गाई पालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आकलन छ । यो रोगको पहिचान तथा उपचार हुन नसके दुध उत्पादनमा ह्रास आउने पशुरोग चिकित्सकहरूको भनाइ छ।