Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रासम पार्कमा वृक्षारोपण गर्दै पुष्पलाललाई सम्झियो नेकपा रामेछापले

जनता भ्वाइस by जनता भ्वाइस
July 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रासम पार्कमा वृक्षारोपण गर्दै पुष्पलाललाई सम्झियो नेकपा रामेछापले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन ७ । जनता भ्वाइस संवाददाता, रामेछाप
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति सभा वृक्षारोपण गरी मनाइएको छ । आज रामेछाप नगरपालिका वडा नं. ८ मा निर्माणाधिन रामेछापका सहयोगी मन (रामस) समूहले बनाएको पार्कस्थलमा वृक्षारोपण गरी मनाइएको हो । नेकपा प्रदेश सदस्य माया कार्की लगायत जिल्लास्तरका नेकपा संवद्ध नेता कार्यकर्ता सहितको उपस्थितिमा स्मृतिसभा सम्पन्न भएको हो ।


कार्यक्रममा रासम पार्कमा विभिन्न प्रजातिका विरुवाहरुको रोपण गरिएको थियो भने पुष्पलालको सम्झनामा १ मिनेट मौनधारण समेत गरिएको नेकपा जिल्ला कमिटिका सदस्य तथा पूर्व नेकपा एमाले जिल्ला पार्टी कमिटिका सचिव आनन्द श्रेष्ठले जनता भ्वाइसलाई जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जीवनी :

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको जन्म वि सं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलाल श्रेष्ठ पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटिको अध्यक्ष पनि बन्नुभएको थियो ।


वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तेले प्रज्वलित पार्नेछस्” भन्नुभएको थियो र दाजुको यही शब्दले पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो । वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आआफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो ।


संघले राणाशासनको विरोध गर्ने विद्यालयहरू खोली विभिन्न खालका सिपमूलक तालिम दिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि सं १९९८ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्य लगायत अरू नेताहरूको नेल सहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशन गर्न मद्दत गर्नु भयो ।


२००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, सेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो ।


२००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यस बखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिक हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार प्रसार गर्न कम्युनिष्ट पार्टीको घोषणा–पत्र नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उहाँको विवाह साहना प्रधान तत्कालिन (नेकपा एमाले) की नेतुसँग भएको थियो । २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव विस्तार गर्न तेहथुम (लिम्बुवान) बजारमा पुग्नु भयो ।


२०५६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गर्नुभयो । २०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो ।


नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती व्यवस्था समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलाल २३ साल साउन ७ गते भारतको नयाँ दिल्ली स्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा गराउँदै निधन भयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिरोले घर पुरिदा स्याङजामा एक जनाको मृत्यु

Next Post

मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

Next Post
मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...