Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्

जनता भ्वाइस by जनता भ्वाइस
July 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गत तीन आर्थिक वर्षमा जिल्लाबाट करिब २ सय मानिस हराएकोमा अझै ५१ जना फेर्ला पर्न सकेनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ७ । जनता भ्वाइस संवाददाता, रामेछाप
जिल्ला प्रहरी कार्यालय, रामेछापले रामेछाप जिल्लामा विगत ३ आर्थिक वर्षमा हराएका मानिसहरुको बारेमा जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७४–७५ देखि अघिल्लो आर्थिक वर्ष २०७६–७७ सम्मको जानकारी सार्वजनिक गरेको हो । जसमा आर्थिक वर्ष २०७४–०७५ मा जम्मा १ सय जना मानिसहरु यस जिल्लाबाट हराएकोमा महिला ७२ जना, बालक ९ जना र बालिका १९ जना गरी कूल १ सय जना नागरिकहरु हराएका छन् । त्यस्तै २०७५–०७६ मा महिला ५९, बालक १० र बालिका ३० र आर्थिक वर्ष २०७६–०७७ महिला ५१, बालक १० र बालिका १४ रहेका छन् । त्रिवर्षिय तथ्याङ्कानुसार विगत ३ वर्षमा जेष्ठनागरिकहरु कोही पनि हराएको उजुरी प्राप्त नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।


हराएका सँगसँगै फेला परेका मानिसहरुको समेत तथ्याङ्क समेत जिल्ला प्रहरी कार्यालय, रामेछापले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४–०७५ मा हराएका १ सय जना हराएका थिए भने महिलाहरु ७२ जना हराएकोमा ६२ जना फेला परेका छन् । त्यस्तै बालकहरु हराएका जति सबै फेला परेका थिए जुन संख्या ९ थियो । सोही वर्षमा हराएका १९ बालिका मध्ये ३ जना फेला पर्न सकेनन् ।


त्यस्तै आर्थिक वर्ष २०७५–७६ मा जिल्लाबाट हराएका ५९ महिला मध्ये ४४ जना फेला परेका छन् १५ जना फेला पर्न सकेनन् । बालकहरु सबै फेला परेका छन् भने बालिकाहरु ३० जना हराएकोमा २७ जना फेला परेका छन् ।


जिल्ला प्रहरी कार्यालय, रामेछापले सार्वजनिक गरेका हराएका व्यक्तिहरुको त्रिवर्षिय तथ्याङकानुसार आर्थिक वर्ष २०७६–०७७ मा हराएका ५१ जना महिलाहरुमध्ये ३६ जना फेला परेका छन् । हराएका १० बालकमध्ये ४ जना फेला पर्न सकेनन् र हराएका १४ बालिकाहरु मध्ये १ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढ्यो

Next Post

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

Next Post
विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.