Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजविराजमा बिहानैदेखि कर्फ्यु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
राजविराजमा बिहानैदेखि कर्फ्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ८, सप्तरी ।
सरकारले कोरोना भाइरस कोभिड १९ का कारण गत चैत्र ११ गते देशभर लगाएको बन्दाबन्दी हिजोबाट खुलाएपनि कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार बिहानैदेखि राजविराज नगर क्षेत्रमा कर्फ्यु लगाएको छ । बिहानैदेखि लगाएका कफर््युका कारण बिहानैदेखि राजविराज क्षेत्रका सम्पूर्ण होटल, पसल तथा अन्य व्यापारिक प्रतिष्ठान लगायत सर्वसाधरणको गतिविधिमा शून्यता छाएको छ ।


हिजो बुधबार जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको थियो । आज बिहान ५ बजे सर्वसाधरण उठ्दा नउठ्दै सुरक्षा निकायले राजविराज बजार तथा नगर क्षेत्रमा आफ्नो उपस्थिति देखाइसकेको थियो । ‘कोरोना भाइरसको जोखिम बढेको प्रति जिल्ला सुरक्षा समितिले गरेको निर्णय अनुसार कफर््यू जारी भएको हो । अर्को आदेश नआउँदा सम्म यो कायम रहन्छ ।’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले भने । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल पूर्णरुपमा बन्द गरिएको छ ।

६ दिनअगाडि राजविराज– ६ का ७३ वर्षीय कोरोना संक्रमित १ व्यापारीको मृत्यु भएको थियो । त्यसअघि उनको सम्पर्कमा रहेको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा पनि कोरोना पोजिटिभ देखिएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । बुधबार मात्रै राजविराजका १३ जनासहित थप १४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए शिलापत्रमा खबर छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

जबरजस्ती करणी मुद्धामा रामेछापका एक युवक पक्राउ

Next Post

सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

Next Post
सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

सार्वजनिक सवारी खुलेपनि राजधानी छिर्न पास हुनै पर्ने बाध्यता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.