Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भूकम्पको घर बनाउने आशैआशमा मन्थली ओर्लिए पीडितहरु, यिनका पीडा न सरकार सुन्छ न भगवान नै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
भूकम्पको घर बनाउने आशैआशमा मन्थली ओर्लिए पीडितहरु, यिनका पीडा न सरकार सुन्छ न भगवान नै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन १५ । जनता भ्वाइस संवाददाता, रामेछाप
नेपालमा पछिल्लो पटक भूकम्प गएको पनि आज ५ वर्ष कटिसकेको छ । २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भूकम्पले रामेछापमा धेरै घरहरु भत्किएका थिए भने सोही अनुपातमा घरहरुमा क्षति पुगेको थियो । पहिलो पटक सोही वर्षका माघ महिनादेखि भूकम्प निर्माण प्राधिकरणको जन्म पछि प्राविधिक (इन्जिनियर) हरुबाट स्थलगत रुपमा क्षतिको लगत संकलन कार्य थालिएको हो ।
तर रामेछाप जिल्लामा करिब १ हजार ४ सय पीडितहरुको न अहिलेसम्म घर बनेको छ, न त उनीहरुले सरकारी तवरबाट आवास पुर्ननिर्माणको लागि पाउनु पर्ने ३ लाख नै पाएका छन् । पटक पटक गरिएको स्थलगत सर्भेक्षणको क्रममा समेत आफूहरु लाभग्राहीको सूचीमा पर्न नसकेको कारणले जिल्लाका धेरै पीडितहरु राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण रामेछाप शाखा मार्फत नेपाल सरकारलाई मुद्धा दायर गर्न मन्थली आइपुगेका छन् ।


मन्थलीको तातो गर्मी, खानु न पिउनु करिब १० दिन देखि यो भिड यस्तै छ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण (भवन) को यो कार्यालयमा । आफूहरु अझै लाभग्राहीको सूचीमा समावेश हुने आशाले यी पीडितहरु यहाँ उपस्थित भएका हुन् । जिल्लाका सबै पालिकाहरु र भौगोलिक रुपबाट हेर्ने हो भने गुम्देलदेखि गोश्वारा सम्मका नागरिकहरु असिन पसिन भएर यहाँ लाम लाग्न आइपुगेका हुन् ।
यी लाम लाग्ने भूकम्प पीडितहरुको कुरा अब भूकम्प निर्माण प्राधिकरणको न्यायिक समितिले सुन्ने छ । आफ्नो गुनासो र उजुरी दर्ता गराउनका लागि टाढाटाढादेखि यी पीडितहरु लामबद्ध भएका हुन् ।


मुलुृक कोरोना भाइरस (कोभिड १९) का कारणले संकटमा छ । यी पीडितहरुलाई यो नदेखिने समस्याको कुनै चिन्तै छैन, चिन्ता छ त मात्रै आफ्नो घर नहुनुको । आज साउन १५ गते नेपाली समाज खिर खाएर रमाइरहेका बेला यी पीडितहरु आफूले आवास पुर्ननिर्माणको लागि राहत पाएको भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत नेपाल सरकारलाई मुद्धा हाल्न यहाँ जम्मा भएका छन् । यो भिडले के खायो या खाएन, यो भिडलाई तिर्खा लाग्यो या लागेन, यो भिडलाई मन्थलीको करिब ४० डिग्रीको तापक्रममा कति गर्मी भएको होला ? त्यो न यस कार्यालयले सोध्न सक्छ, न त स्थानीय प्रशासनले नै । धेरै सास्ती खेपेको यी पीडितहरु मध्ये उमाकुण्ड गाउँपालिका बाम्तीका प्रभात बस्नेत भन्छन्, ‘विगतमा ४ पटकसम्म गुनासोको लागि आवेदन दिइसकेको छु । अहिले पनि उजुरी गर्न यहाँ आइपुगेको छु । हेरौं अब रकम पाइन्छ कि ? अरुले पनि पाएका छैनन् र मैले पनि लाभग्राही बन्न पाउँछु भनेर खासै ठूलो आश गरेको छैन ।’


बस्नेत जस्तै लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ खिम्तीका कृष्ण कडरिया समेत यस्तै पीडाले पीडित भएका छन् । कार्यालयको लाचारीपन र व्यवस्थापनमा गरिएको कमजोरीले यो तातो घाममा आफूहरु लाइनमा बस्न बाध्य भएको कडरिया बताउँछन् ।
दोरम्बाकी संगीता थापा पनि लाभग्राही बन्ने सपना बोकेर सपनाको घर कल्पना गर्दै मन्थली झरेकी छिन् । उनलाई अझै पनि आफू लाभग्राहीको सूचीमा पर्छु भन्ने नलागेको बताउँछिन् ।


मन्थली नगरपालिका वडा नं. १४ काविन्द्रबहादुर खड्का अझै आफू कटेजमा नै बस्न बाध्य भएको र लाभग्राही बनी घर बनाउने आशाले मन्थली झरेको बताउँछन् । इन्जिनीयरहरुले आफूलाई लाभग्राहीको सूचीमा नपारिदिएको हो कि भन्ने उनको शंका रहेको छ ।


यता पुनर्निमार्ण प्राधिकरण भवन रामेछाप शाखाका प्रमुख गणेश अर्याल हिजो २०७३ सालमा नै सही डाटा लिन नसकेको र प्राधिकरणले गरेका केही गल्तीहरुको कारण आज यो समस्या आएको बताउँछन् । उनी भन्छन्, ‘पटक पटकको गुनासोमा लाभग्राही बन्न नसकेका भूकम्प पीडितहरु अब कानुनी बाटोमा जाँदै हुनुहुन्छ । कानुनी बाटोबाट गएर मुद्धा जित्नुभो उहाँहरुले यदि भने मात्र उहाँहरु लाभग्राही हुन पाउनु हुनेछ । आज यस्तो समस्या आउनुमा नीतिगत, प्राविधिक, व्यवहारिक र निर्णयगत समस्याहरु रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एसइई परीक्षाको परीक्षाफल कसरी हेर्ने, थाहा पाउनुहोस्

Next Post

जगदम्बा प्रा.लि.का सिइओको कोरोनाबाट निधन

Next Post

जगदम्बा प्रा.लि.का सिइओको कोरोनाबाट निधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.