Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिना लिखित स्वीकृति कर्मचारी विदामा, कार्यालय समयमा हाकिम भने मस्त निद्रामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २०, जनता भ्वाइस संवाददाता,

रामेछाप । नेपाल टेलिकमबाट प्रवाह हुने सेवा मध्ये एडिएसएल र ल्याण्डलाईन फोनमा समस्या देखिएको भन्ने जनगुनासो आए अनुरुप नेपाल टेलिकमको सेवा प्रवाह, फाइबर लाईन लगायतका विषयमा रिपोटिङ् गर्न जाँदा नेपाल टेलिकम रामेछाप शाखाका प्रमुख विष्णु भण्डारी भने मस्त निद्रामा निदाइरहेका थिए । मंगलबार मन्थलीमा रहेका केही नेपाल टेलिकमका सेवाग्राहीहरुले आफ्नो टेलिफोन सेवामा अवरुद्धता आएको भन्ने गुनासो गरेपछि जनता भ्वाइसको टिम वास्तविकता बुझ्न टेलिकम अफिसमा पुग्दा कार्यालयको कार्यकक्षमा प्रमुख भण्डारी भेटिएनन् ।

कार्यालय प्रमुख कार्यकक्षमा नभेटिएपछि हामीले उनको बारेमा सोध्दा उनी आजै काठमाडौंबाट आएको र रेस्ट गर्न सुतिरहेको उहाँलाई भेट्ने हो भने भरे भोलि आउनुस्’ भन्ने जानकारी सो कार्यालयका कर्मचारी सुदीप भुजेलले जानकारी दिएका थिए । त्यो समयमा हामीले सो कार्यालयबाट पाउनु पर्ने सूचना तथा जनाकारी केही पाउन सकेनौं । न त कार्यालयप्रमुख कार्यकक्षमा भेटिन्छन्, नत बाँकी बरियताका कर्मचारी नै कार्यालयमा भेटिन्छन् ।

यो घटना दिउँदो २ बजेर १० मिनेट जाँदाको हो । अर्को रमाइलो कुरा के छ भने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख कार्यालय समयमा क्वाटरमा मस्त निदाइरहँदा उनका सहायक र सूचना अधिकारी दुबैजना बिदामा बसेका थिए । बिदामा बसेका दुईजना कर्मचारीहरुले आफ्ना आफ्ना आकस्मिक कामलाई देखाउँदै काठमाडौं गएको प्रमुख भण्डारीको भनाई छ । जनता भ्वाइसले ‘काठमाडौं गएका दुईजना कर्मचारीहरु कुनै लिखित निवेदन या विदा स्वीकृत गराएर गएका हुन् ? भन्ने जिज्ञासामा भण्डारी भन्छन्, ‘म सँग टेलिफोनमा उहाँहरुले माग्नु भएको थियो । मैले उहाँहरुको आवश्यकतालाई नियाल्दै विदा दिएको हूँ ।’ भण्डारीले कर्मचारीहरुले लिखित् निवेदन या तोकिएको ढाँचामा निवेदन नदिए पनि बिदा बस्ने मिल्ने आषयको जवाफ दिएका छन् ।

यो सन्दर्भका प्रमुख भण्डारीले निकै गैरजिम्मेवारीपूर्ण जवाफ दिएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको (सेवाका शर्त सम्बन्धी) विनियमावली, २०७६ को परिच्छेद ८ को हाजिरी र विदा सम्बन्धी व्यवस्थाको १०१ बुँदाले प्रस्टसँग भनेको छ, ‘अध्ययन विदा र असाधारण विदा बाहेक अन्य विदाको निकासाको निमित्त कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण वा विदेश जानु पर्ने भए सो समेत खुलाई विदा दिने अधिकारी समक्ष अनुसूची–१४ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ र विदा दिने अधिकारीले पनि विदा स्वीकृत वा अस्वीकृत भएको सूचना सम्बन्धित कर्मचारीलाई यथाशिघ्र दिनु पर्नेछ ।

विदा स्वीकृत गर्ने अधिकारीले कुनै कर्मचारीलाई विदा दिंदा त्यस्तो कर्मचारीले गर्ने काम नरोकिने प्रबन्ध मिलाएर मात्र विदा स्वीकृत गर्नु पर्नेछ ।’ सो कार्यालयका दोस्रो बरियताका सहायक कार्यालय प्रमुख र सूचना अधिकारी कसैको आमा बिरामी भएर र अर्का आफ्नो जरुरी कामले काठमाडौै गएको भण्डारी बताउँछन् । यसैपनि कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला कार्यालय प्रमुखको स्वीकृतिको भरमा अन्तरजिल्ला ओहोर दोहोर गर्ने अनुमति संक्रामक रोग ऐन २०२० लाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय, रामेछापले रोक लगाउँदै अत्यावश्यक कामका लागि अनुमति पत्र (पास) जारी गर्ने गरेको छ । यस कार्यालयका कर्मचारीहरु भने लुसुलुसु आफ्नो मनोमानी जिल्ला बाहिर निर्वाध घुमिरहेका छन् ।

प्रमुख भण्डारीले भनेजस्तो टेलिफोनको भरमा आफ्ना कार्यालयका जिम्मेवार कर्मचारीलाई विदा दिनुपर्छ भनेर उक्त विनियमावलीमा कुनै व्यवस्था गरिएको छैन । तर भण्डारी आफूलाई सोधेरै आफ्ना २ कर्मचारीहरु विदामा बसेको बताउँछन् । भण्डारीसँग विदामा बसेका कर्मचारीहरुले न कुनै अनुसूची १४ बमोजिमको फारम भराएका छन्, त्यसको स्वीकृति हुने त कुरै भएन । जिल्ला स्थित कार्यालयमा हुने सेवा प्रवाहमा कुनै गुनासो भए सो जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्न पाउने नागरिकहरुको हक हुन्छ ।

सोही हक बमोजिम ‘किन सेवा प्रवाह हुन सकेन टेलिकममा ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा आफू जिल्ला बाहिर रहेको र आवश्यक जाँचबुझ पछि त्यसबारेमा बोल्न सक्ने बताउँछिन् । विधिको व्यवस्था र जनमुखी प्रशासन नारामा मात्रै सीमित भएको नेपाल टेलिकम, रामेछापको यो खालको अवस्था हुँदैगर्दा जनताको प्रत्यक्ष सूचना र सरोकारको विषयमा टेलिकमको यो रवैयाले नागरिकप्रतिको उत्तरदायित्व र जवाफदेहितामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारले उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र

Next Post

लेबनानको बेरुतमा विष्फोट, ७० जनाको मृत्यु, करिब ४ हजार घाईते

Next Post
लेबनानको बेरुतमा  विष्फोट, ७० जनाको मृत्यु, करिब ४ हजार घाईते

लेबनानको बेरुतमा विष्फोट, ७० जनाको मृत्यु, करिब ४ हजार घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.