Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो

जनता भ्वाइस by जनता भ्वाइस
August 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

साउन २५, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थलीमा कुुकुरले मान्छेलाई टोक्ने क्रम विगत दिनको तुलनामा आइतबार ह्वात्तै बढेको छ । आइतबार मात्रै मन्थली नगरपालिकाको सुनारपानीदेखि एउटा कुकुरले मान्छेलाई टोक्दै बसपार्कसम्म आइपुग्दा १५ जना भन्दा बढी घाइते भएका छन् । सख्त घाइते हुनेमा मन्थली १ निवासी १२ वर्षिय संस्कार पौडेल रहेका छन् । निजको हात र पिँडौलामा गम्भिर असर परेको छ ।


त्यस्तै मन्थली ५ सुनारपानीकी ४५ वर्षिया राधा कार्की, २५ वर्षिया बिन्दा रम्तेल, मन्थली ११ गतेलुका २२ वर्षिय सुरोज मगर, मन्थली २ टेकनपुरका १३ वर्षिय सन्दीप बिसुन्के, ५३ वर्षिय डिल्ली सार्की लगायतहरु रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल रेफर गरिएको प्राथमिक स्वास्थ केन्द्र, मन्थलीले जनाएको छ ।


बिहान ११ बजेदेखि सुनारपानीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउँदै सो कुकुर मन्थली झरेको भैरवी मा.वि. सुनारपानीका शिक्षक ज्ञानेश्वर घिमिरेले जनता भ्वाइसलाई जानकारी दिए । धेरै व्यक्तिहरुलाई टोक्दै हिँड्ने सो कुकुरलाई मन्थली बसपार्कबाट नियन्त्रणमा लिई मारिएको जानकारी प्राप्त भएको छ । गत २ महिनादेखि मन्थली आसपासका धेरै व्यक्तिहरुलाई कुकुरले आक्रमण गरेको घटना दैनिक ७ जनाको हाराहारीमा आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा. युवराज सापकोटा बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

Next Post

मन्थली मा.वि. सहित् ४ वटा विद्यालयमा भएको पठनपाठन रोक्न CCMC को निर्देशन

Next Post
मन्थली मा.वि. सहित् ४ वटा विद्यालयमा भएको पठनपाठन रोक्न CCMC को निर्देशन

मन्थली मा.वि. सहित् ४ वटा विद्यालयमा भएको पठनपाठन रोक्न CCMC को निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.