Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली मा.वि. सहित् ४ वटा विद्यालयमा भएको पठनपाठन रोक्न CCMC को निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
मन्थली मा.वि. सहित् ४ वटा विद्यालयमा भएको पठनपाठन रोक्न CCMC को निर्देशन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

साउन २५, काठमाडौं ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनीले रामेछाप जिल्ला सहित महोत्तरी र डडेल्धुरा जिल्लामा हालका दिनमा संचालन भइरहेका विद्यालयहरु तुरुन्त बन्द गर्न निर्देशन दिएको छ । केन्द्रले गत २३ गते उक्त जिल्लाहरुका कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डिसिसिएमसी) लाई परिपत्र गर्दै रामेछाप जिल्लाका ५ वटा शैक्षिक प्रतिष्ठानहरुमा शैक्षिक क्रियाकलाप हुँदै आएकोमा सो रोक्न परिपत्र गरेको हो । मन्थलीमा रहेका पाँचैवटा विद्यालयहरु क्रमसः मन्थली मा.वि., सहिद् स्मृति बहुमुखी क्याम्पस, तामाकोसी बोर्डिङ स्कूल, कर्कलादेवी बोर्डिङ स्कूल र समता बोर्डिङ स्कूलमा हुँदै आएको शैक्षिक गतिविधिलाई रोक्न निर्देशन दिएको हो ।


उल्लेखित विद्यालयहरुमा हुने पठनपाठनमा सामाजिक दूरीको ख्याल नगरिएको कारण उक्त विद्यालयहरुका पठनपाठनहरुलाई रोक्न भनिएको हो ।


त्यस्तै महोत्तरी जिल्लाको सरस्वती इङ्लिस बोर्डिङ स्कूल र भानुभक्त इङ्लिस बोर्डिङ स्कूलमा हुँदै गरेको पठनपाठनलाई समेत रोक्ने निर्देशन भएको छ । डडेल्धुरा जिल्लाका रङ्गुन बोर्डिङ स्कूल, न्यूभिजन स्कूल, शारदा एकेडेमी विद्यालय तथा क्याम्पसहरु सञ्चालन भएको र सो गतिविधिको अनुगमन गरी सञ्चालनमा आएको नआएको एकिन गरी आवश्यक कारबाहीका साथ सोको जानकारी उक्त केन्द्रलाई समेत उपलब्ध गराउन हुन निर्देशन दिएको छ । रामेछाप जिल्लामा संचालन भएका अन्य विद्यालयहरुको समेत अनुगमन गरी जानकारी दिन केन्द्रले सोही पत्रानुसार आदेश दिएको छ ।


सो सम्बन्धमा आफूहरुले उल्लेखित विद्यालयहरुमा परिपत्र गरी पठनपाठन कार्य बन्द समेत गराइसकेको र जिल्लामा त्यसरी संचालनमा आएका विद्यालयहरुलाई समेत सम्बन्धित पालिकाहरुसँग समन्वय गरी तुरुन्त बन्द गराउने कार्यमा लाग्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छिन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो

Next Post

भारतमा प्रतिमिनेट ५ सयको कोरोना परीक्षण, कूल करिब २ करोड ५० लाख परीक्षण गरियो

Next Post

भारतमा प्रतिमिनेट ५ सयको कोरोना परीक्षण, कूल करिब २ करोड ५० लाख परीक्षण गरियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...