Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2020
in समाचार
0
पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

साउन २६, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको विभिन्न ठाउँमा बाढी र पहिरो चल्दा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घर बगाएको छ । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ खारे टुइनटारमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका ८ , सुनखानीका करिब २८ बर्षिय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन् ।

मृतक शिवाकोटी सिँगटीबाट टुनिटारको नव निर्मिति घरमा सटर राख्नको लागि बिहिबार गएका थिए भने काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको हो । बस्ती माथिबाट आएको पहिरोले मानवीय क्षति सहित बस्ती नै बगाएको हो । स्थानीय भुवन गुरुङका अनुसार कालिन्चोक गाउँपालिका ६ स्थित गुरुङफी बजारमा नजिकैको सुरी खोलाको बाढीले क्षति पुर्यएको छ ।

उनका अनुसार सुरी खोलाको बाढी बजारमा छिर्दा एक स्वास्थ्य चौकी सहित् दर्जन बढी घरमा क्षति पुयाएको छ । हिमाली क्षेत्रमा निरन्तरको झरी र खोलाहरु बढेसंगै आसपासको बस्ती समेत उच्च जोखिममा परेको हो । त्यसैगरी गौरीशंकर ७ मार्बुमा निर्माणाधिन घट्टेखोला आयोजना समते बाढीले क्षति पुर्याएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए ।

तल्लो खारेखोला जलविद्युत आयोजना र सिपिङ जलविद्युत आयोजनामा समेत खोलाले ठूलो क्षति पुर्याएको छ । गए राती सानासाना खोलामा बाढी आउँदा तामाकोसी नदीमा समेत खतराको संकेत देखाएको थियो । निरन्तरको वर्षासंगै चलेको पहिरो र बाढीका कारण गौरीशंकर गाउँपालिकाको मुख्य तथा ग्रामीण सडक ध्वस्त भएको छ । हाल चंखुको दोजे, बोथुर र मार्बुको गोंगटा उच्च रहेको स्थानीय भुवन गुरुङले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोलुको चोकर्मा हिमतालका कारण तटीय क्षेत्रमा जोखिम

Next Post

गाउँपालिकाभित्र संचालित सबै शैक्षिक क्रियाकलाप रोक्न निर्देशन, अब के होला त बालबालिकाहरुको भविष्य ?

Next Post
गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य पूर्ण रुपमा  बन्देज (भिडियो सहित)

गाउँपालिकाभित्र संचालित सबै शैक्षिक क्रियाकलाप रोक्न निर्देशन, अब के होला त बालबालिकाहरुको भविष्य ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.