Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३१, जनता भ्वाइस संवाददाता, रामेछाप


मन्थली नगरपालिकाका एकजना स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखेको विषयमा सामाजिक संजालमा विभिन्न मिश्रित टिकाटिप्पणीहरु आइरहेका छन् ।


मन्थली नगरपालिकाले हिजो संक्रमित स्वास्थ्यकर्मीलाई जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका चिकित्सक तथा जनस्वास्थ्य सहितको विज्ञ टिमले होम आइसोलेसनको मापदण्ड २०७७ बमोजिम पुरा भएको देखिएको र उल्लेखित मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी होम आइसोलेसनको मा बस्ने व्यवस्था मिलाइएको व्यहोराको विज्ञप्ती जारी गरेको थियो ।


जसमा भनिएको थियो, ‘यस मन्यली नगरपालिकामा कार्यरत कर्मचारीहरुको PCR Test गर्ने क्रममा एक जना कर्मचारीको SARS cov 2 PER Positive देखिएको सन्दर्भमा निज कर्मचारी बस्नु भएको (Home Isolation) घर एकान्तबास जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र जिल्ला अस्पताल रामेछापका चिकित्सक तथा जनस्वास्थ्य सहितको विज्ञ टिमले निरीक्षण गर्दा होम आइसोलेसनको मापदण्ड २०७७ बमोजिम पुरा भएको देखिएको र उल्लेखित मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी होम आइसोलेसनको मा बस्ने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

साथै निज कर्मचारीको स्वास्थ्य अवस्थाको निरिक्षण प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका आईसोलेसन ईन्चार्जबाट गर्ने व्यवस्था मिलाईएको छ ।’


के के हुन् त होम आइसोलेसनका मापदण्डहरु :


घरमा नै आइसोलेसनमा बस्ने संक्रमित तथा निजका परिवारका सदस्यहरुले देहाय बमोजिमको स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्नुपर्नेछ:


१. पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नु पर्नेछ,


२. उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने,


३. खानपानमा विशेष सावधानी अपनाइ पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने,


४. आफुले प्रयोग गरेका भाँडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,


५. स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि सरसफाइमा प्रयोग हुने डिस्इन्फेक्टेडले राम्रो सँग सफा गरे पश्चात मात्रै अन्य सदस्यले प्रयोग गर्ने,


६. हातधुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने भएकोले दाँत माइने ब्रस लगायतका समानहरू बेसिन बाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्ने,


७. ढोका, ढोकाको ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने घरमा हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यहरूले समय समयमा हात सफा गर्ने,


८. भाँडाकुँडा र कपडा धुँदा सकेसम्म पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाएर मात्र पुनः प्रयोग गर्ने,


९. संक्रमितको हेरचाहको लागि प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमितले अनिवार्य रूपमा मेडिकल मास्क प्रयोग गर्ने,


१०. घरमा बढी जोखिममा रहने समूहहरू (जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरू) लाई संक्रमितको सम्पर्कबाट टाढा राखु पर्नेछ,


११. संक्रमितको दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने,


१२. संक्रमित स्वयमले वा निजको हेरचाहमा संलग्न परिवारको सदस्यले दिनमा कम्तीमा २ पटक संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस. वा अन्य भर्चुअल विधि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउने,


१३. संक्रमितलाई निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ : श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा, अन्य कुनै जटिल अवस्था देखिएमा ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

आजै मात्र ९७ संक्रमित थपिए उपत्यकामा, स्थिति भयावह बन्दै

Next Post

रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)

Next Post
रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)

रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.