Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार, सूचना प्रविधि
0
नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदाै १५ । जनता भ्वाइस सम्वाददाता रामेछाप ।

नेपाल टेलिकमले प्रवाह गर्ने इन्टरनेट सेवामा समस्या देखिन थालेपछि एडिएसएल प्रयोगकर्ताहरुले सो समस्याका बारेमा गुनासो गर्न थालेका छन् ।


महिनामा कम्तिमा पनि ४–५ दिन मन्थलीमा रहेको टेलिकमको इन्टरनेट सेवा प्रवाहमा समस्या आउने क्रम बढेको छ । मासिक रुपमा यसरी समस्या देखिन थालेपछि ग्राहकहरुले आफूहरुले मासिक रुपमा तिर्ने इन्टरनेट सेवा शुल्कको विषयमा चासो राख्न थालेको हुन् ।


रामेछाप जिल्लाभर हाल डाटा शेयरिङ् युजर र डेलिकेटेड युजर संख्या गरी १ हजार जनाको हाराहारी भएको नेपाल टेलिकम मन्थली शाखाले जानकारी दिएको छ । यसमा दैनिक २७ रुपैयाँदेखि ३ हजार रुपैयाँ तिर्नेसम्म ग्राहकहरु छन् । बैंक तथा वित्तिय संस्था, हाइड्रोपावर, स्थानीयतह लगायत अन्य सेवाग्राहीहरु डेलिकेटेड युजरको समूहमा पर्छन् भने सामान्य घरायसी तथा कार्यालयीय प्रयोगकर्ताहरु शेयरिङ् युजरको रुपमा पर्छन् ।

मन्थलीमा प्रायजसो टेलिकमको एडिएसएल इन्टरनेट सेवामा समस्या देखिन थालेपछि मन्थलीका एकजना प्रयोगकर्ताले आफूहरुले तिर्ने इन्टरनेट महशुलको बारेमा प्रश्न उठाएका हुन् ।

एडिएसएलका नियमित प्रयोगकर्ता देवराज लामा इन्टरनेटमा समस्या आउँदै जाने र आपूmले मासिक रुपमा बिल भुक्तानी गर्दै जाने भएकोले सेवा प्रदायक नेपाल टेलिकम प्रति आक्रोशित हुँदै भन्छन्, ‘हामीले रिचार्ज गरेको पैसा चाहिँ महिना दिन पुगेको दिन जुन समयमा रिचार्जगरेको हो त्यही समयको सेकेण्ड समेत हिसाब गरेर सेवा दिने अनि उनीहरुले चाहिँ ५–५ दिनसम्म सेवा नदिँदा पनि हामीले चुप् लागेर बसिदिनु पर्ने ? यो त सरासरी ठगी भएन ?’ लामा प्रश्न गर्छन् ।


लामा जस्तै अर्का प्रयोगकर्ता नवराज श्रेष्ठ समेत टेलिकमको इन्टरनेट सेवा प्रवाहमा असन्तुष्टि राख्छन् । आफूहरुले महिनमा ५ दिन पटक पटक गरी सेवा नपाउँदा आफूहरुलाई सेवा अवरुद्ध भएको समयको हिसाब गरी थप ५ दिन उही शुल्कमा सेवा दिनुपर्ने बताउँछन् ।


टेलिकमका ग्राहकहरुको यस्तो समस्याका बारेमा कुरा गर्दा नेपाल टेलिकम शाखा रामेछापका प्रमुख विष्णु भण्डारी आफूहरुले ७ दिन भन्दा बढी समयसम्म सेवा अवरुद्ध भएको अवस्थामा टेलिकम प्रधान कार्यालयमा लेखेर पठाउने गरेको र सो बमोजिम ग्राहकले तिरेकै मूल्यमा थप ७ दिन सेवा दिने गरेको नजिर भएको स्वीकार गर्छन् । तर १ वा २ दिन सामान्य समस्या आउँदा ग्राहकहरुको गुनासो नआएकोले त्यसको कुनै हिसाब नगरेको भण्डारीको कथन छ ।


दैनिक २७ रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म तिर्ने ग्राहकहरुले टेलिकमले सेवा नदिएको दिनको समेत सेवा शुल्क भुक्तानी गरिरहनु परेको छ । आफूलाई नाफा हुने अवस्थामा ग्राहकको समस्यालाई सानो ठान्ने र आफूलाई केही पैसाको मात्रै पनि घाटा हुने अवस्थामा त्यो घाटा ग्राहकबाटै असुल्ने नियत टेलिकमको कार्यशैलीमा छर्लङ्ग देखिन्छ ।


‘ग्राहकहरुबाट आएको यस्तो गुनासोको कस्तो सम्बोधन गर्नुहुन्छ ? भन्ने जनता भ्वाइसको जिज्ञासामा प्रमुख भण्डारी भन्छन्, ‘हामीसँग हाम्रा ग्राहकहरुले एक दुई दिन सेवा प्रवाहमा समस्या हुँदा यस्तो गुनासो गर्नु भएकै थिएन । आज मात्रै गुनासो यहाँहरु मार्फत आएको छ । अब यस्ता केही दिने समस्यालाई पनि हेडक्वाटर्रमा लेखेर पठाउँछु र सेवा अवधि थप गर्न लगाउँछु ।’


एक दुई दिन सेवा प्रवाह नहुँदा समेत ग्राहकबाट लिएको रकमलाई हिसाव गर्ने हो भने पनि त्यसको अनुपात निकै ठूलो हुने देखिन्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनकोसी गाउँपालिकामा असन्तुष्टि नै असन्तिुष्टि

Next Post

भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

Next Post
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.