Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 31, 2020
in समाचार
0
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १५, सिन्धुलीमाढी ।

सिन्धुलीको कमलामाई नगरपालिकाले सटरभाडा छुट दिने सम्वन्धि आफैँले गरेको निर्णय विर्सिएको छ । नगरपालिकाकोे सातौँ नगरसभाले गत ०७६ साल चैत्र महिनाको भाडा र जरिवाना छुट दिने भने पनि अहिले आफैँले गरेको निर्णय विर्सिएको अभिनय गरेको छ ।

विश्वव्यापि फैलिएको कोरोना भाइरसको त्रासका कारण एक महिनाको भाडा छुट दिने निर्णय गरेको नगरपालिकाले पुनः उक्त निर्णय उल्ट्याएको छ । कमलामाई नगरपालिका–६ स्थित निर्माण भएको पसल कवल कोठा नम्वर– १ भाडामा लिने लिला बहादुर श्रेष्ठलाई गत श्रावण ४ गते रकम बुझाउने सम्वन्धि एउटा पत्र आयो ।

पत्रमा ०७६ साल चैत्र देखि ०७७ साल असार मसान्त सम्मको भाडा ७९,८८८ र २ प्रतिशत हुन आउने जरिवाना १,५९७ रुपैयाँ ७६ पैसा सहित ८१,४८५.७६ रुपैँया हुन आउनेमा सातौँ नगरसभाले गत ०७६ साल चैत्र महिनाको भाडा छुट दिने निर्णय भएकोले तिर्नपर्ने रकममा २१,५६९.७६ घटाई ५९,९१६ मात्र श्रावण मसान्तसम्म बुझाउन भनिएको थियो । तर, श्रेष्ठलाई पुनः भाद्र ११ गते नगरपालिकाले अर्काे पत्र पठायो । पत्रमा मिति २०७६ साल चैत्र महिना देखि २०७७ साल श्रावण सम्मको भाडा १,०१,८५७.२० र २ प्रतिशतले हुन आउने जरिवाना २,०३७.१५ समेत गरेर १,०३,८९४.३४ रुपैयाँ तिर्न भनिएको छ ।

यस पत्रमा छुट दिने भनिएको कुरा कतै उल्लेख छैन । यसरी नगरले आफैँले गरेका निर्णयहरु उल्टाउँदै जाँदा व्यवसायिहरु मर्कामा परेका छन् । गत भाद्र ११ गते आएको पत्रमा १५ दिनभित्र रकम दाखिला गर्नु भनिएको छ, अन्यथा कारवाहि हुने जानकारी गराइन्छ, नगरले पठाएको पत्रमा उल्लेख छ । व्यवसायि श्रेष्ठले महिनाको १९,९७२ रुपैँया तिर्दै आएका छन् । यसरी नगरले निर्णय उल्ट्याउँदै पत्र पठाएपछि व्यवसायिमा चिन्ता थपिएको छ ।

लकडाउनले पसल खोल्न नपाउँदाको सास्ती परेको बेला १५ दिनको समय नै तोकेर पत्र आउँदा झन समस्या परेको बताउनुहुन्छ व्यवसायि श्रेष्ठ । यसरी एकैपटक तिर्न सक्ने हैसियत नै छैन, पसल खोल्न पाएको छैन, व्यापार छैन कसरी तिर्नु ? भाडा वापत्को बाँकी रकम किस्तामा तिर्ने वातावरण हुनुपर्यो, गत चैत्र महिनामा दिने भनिएको छुट हुन पर्यो श्रेष्ठको भनाई छ ।

यस विषयमा नगरप्रमुख खड्ग खत्रीसँग बुझ्दाः व्यवसायिले समयमा भाडा तिर्न ढिला गरेको बताउनुभयो । नगरप्रमुख खत्रीले लामो समयको लकडाउनले व्यवसायिलाई मर्का परेको कुरा आफुले बुझेको बताउँदै यसबारे बैठक बसेर बाँकि निर्णय गर्ने बताउनुभयो ।

विषम् परिस्थितिले सबैलाई असर गरेको स्वीकार गर्दै उहाँले यो भदौ सम्ममा बाँकी रकम तिर्नुपर्ने उल्लेख गर्नुभयो ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

नाम जस्तै सेवा कम-नेपाल टेलिकम, ‘बिना सेवा शुल्क झ्वाम !’

Next Post

शिक्षक अपहरणमा संलग्न ‘विप्लव’ का सात कार्यकर्ता पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

शिक्षक अपहरणमा संलग्न ‘विप्लव’ का सात कार्यकर्ता पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.