भदौ १८ । बाग्लुङ
केही दिन अघिदेखिको निरन्तर वर्षाको कारण बाग्लुङ जिल्लामा जनधनको क्षति भएको छ। बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा यस्तो क्षति भएको हो । सो नगरपालिकामा आएको बाढीका कारण १५ जना सम्पर्क विहीन भएका हुन् । मानवीय सम्पर्क विहिनताका साथै ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ भने सोही जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरीबोट तीन जना, दुनेपँधेरा तीन जना, घट्टबोट सात जना र सुब्राङमा दुई जना सम्पर्क बिहीन भएको घर्ती मगरको भनाई छ ।
उनका अनुसार हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।
‘रातको समयमा घटना भएको हुँदा पूर्ण रुपमा विवरण उतार्न सकेका छैनौँ, कहाँ कति क्षति भयो,’ घर्ती मगरले भने ।
Photo from Imagekhabar