Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रवासका नेपालीहरु चार्डड विमानबाट नेपाल ल्याईदै, आज पनि उडान हुने

जनता भ्वाइस by जनता भ्वाइस
September 4, 2020
in समाचार
0
प्रवासका नेपालीहरु चार्डड विमानबाट नेपाल ल्याईदै, आज पनि उडान हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १८ । काठमाण्डु ।


कोरोन भाइरस कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेको नेपालको अन्तर्राष्ट्रिय उडान अन्र्तगत आज पनि विभिन्न मुलुकबाट ४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने भएका छन् । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन गरिएको उडान अन्तर्गत बिहीबार हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ । छिमेकी देश अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौं गन्तव्यमा चार्टर्ड उडान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बुधबार आवागमन र प्रस्थान दुवै गरी ५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका थिए । ती उडानमार्फत ३ सय ४८ यात्रु नेपाल फर्किएका छन् ।


विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २ सय १५ नेपाली काठमाडौं ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत बुधबार काठमाडौंं(नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज बुधबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । बुधबार नै मालिन्डो एयरले क्वालालम्पुरबाट १ सय ३३ यात्रु काठमाडौं ल्याएको छ ।


कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट ९ हजार ३ सय ४२ कार्गो नेपाल ल्याएको छ । आन्तरिकतर्फ बुधबार विभिन्न एयरलाइन्सका ५ चार्टर्ड उडान भएका छन् । तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Photo from Google

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाग्लुङमा पहिरोको प्रकोप, १५ जना भए बेपत्ता ३० घरमा क्षति

Next Post

एउटा यस्तो सादगी जीवन, जसले कहिल्यै गुनासो गरेन

Next Post
एउटा यस्तो सादगी जीवन, जसले कहिल्यै गुनासो गरेन

एउटा यस्तो सादगी जीवन, जसले कहिल्यै गुनासो गरेन

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.