Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण मौका

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2020
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण मौका
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २१ । जनता भ्वाइस संवाददाता, रामेछाप


जनता भवाइस डट्कमले विश्वव्यापी बाल निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरका धेरैजसो बालबालिकाहरु नियमित विद्यालय जान नपाई शैक्षिक क्रियाकलापमा भाग लिन नपाइरहेको अवस्थामा बालबालिकाहरुको लेखन सीपको पुर्नताजगी गराउने उद्देश्यले यस किसिमको प्रतियोगिताको अयोजना गर्न लागिएको अध्यक्ष कुमार श्रेष्ठले बताएका छन् ।


कोरोना भाइरस (कोभिड १९) को सन्दर्भलाई जोड्दै समग्र शैक्षिक विषयवस्तुमा ७ सय देखि १ हजार शब्दमा नघटाई निबन्ध लेखेर पठाउने पर्ने प्रावधान तोकिएको छ ।


नेपाली भाषमा मात्रै आएका निबन्धहरुलाई मान्यता दिइने उक्त प्रतियोगितामा विद्यालय तहका बालबालिकाहरुले भाग लिन पाउने छन् ।

प्रतियोगीले आगामी असोज ७ गते नेपाली समयानुसार रातको १२ बजेसम्म आफ्नो निबन्ध इमेल गरिसक्नु पर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।


उक्त निबन्ध प्रतियोगीतामा भाग लिनका लागि आयोजक जनता भ्वाइसले केही प्रावधान समेत निर्धारण गरको छ । जुन यस प्रकार छ :

नियमहरू :-


१) निबन्ध नेपाली भाषामा ७०० देखि १,००० शब्दमा नबढाई कम्प्युटर टाइप गरी प्रिती, नागरिक वा श्रीनाथ बोल्ड मध्ये कुनै एक फन्ट प्रयोग गरी माइक्रोसफ्ट वर्ड फाइलमा नै पठाउनु पर्ने छ । तोकिएका भन्दा अन्य फन्टमा आएमा त्यसलाई प्रतियोगितामा समावेश गरिने छैन ।


क) निबन्ध २०७७ असोज ७ गते नेपाली समयानुसार रातको १२ बजेभित्र हाम्रो editor.janatavoice@gmail.com अफिसियल इमेलमा पठाउनु पर्नेछ । निबन्धका साथमा हालसालै खिचिएको एकप्रति पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर समेत समावेश गरी पठाउनु पर्नेछ ।


ख) प्रतियोगितामा भाग लिनका लागि प्रतियोगीहरूले कोरोना भाइरस (कोभिड १९) को सन्दर्भलाई जोड्दै विशुद्ध शैक्षिक विषयवस्तु समेटिएको नेपाली भाषाको निबन्ध (यसअघि कुनै पत्रिपत्रिका, अनलाइन, ब्लग या पुस्तकमा अप्रकाशित तथा अन्य संचार माध्यममा अप्रसारित) हुनु पर्ने छ ।


ग) म्याद नाघी आएका निबन्धहरू उपर कुनै कारबारी गरिने छैन ।


घ) प्रतियोगितामा सहभागी हुने निबन्धहरूको मूल्याङ्कन राष्ट्रका ख्यातानाम निबन्धकार÷समालोचकहरूबाट गराइनेछ । सो पछि मूल्याङ्कनकर्ताहरूद्वारा प्रदान गरिएको अङ्कका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना ३ जनालाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३/३ हजार नगद, प्रमाणपत्र र ट्रफीद्वारा पुरस्कृत गरिने छ । पुरस्कारको रकम विजेताहरुलाई IME गरि, प्रमाणपत्र र ट्रफी कुरियरबाट पठाइने छ । सहभागी सबै निबन्धहरू www.janatavoice.com मा प्राथमिकताका आधारमा प्रकाशित गरिने छ भने रामेछाप जिल्लाको एकमात्र साहित्यिक पत्रिका वसन्त पल्लव द्वैमासिकमा उत्कृष्ट निबन्धहरुलाई निबन्ध विशेषाङ्कको रुपमा प्रकाशन गरिने छ । यसरी प्रकाशित गरिएका निबन्धहरूलाई भने कुनै प्रकारको पारिश्रमिक प्रदान गरिने छैन ।


ङ) मूल्याङ्कनकर्ताको छनोटमा परेमा पुरस्कृत बिजेताको नाम Google meet मार्फत २०७७ असोज १५ गते दिउँसो ३ बजे घोषणा गरिनेछ । सो दिन कुनै विपत्तिका कारण विजेताहरु घोषणा गर्न कठिनाई भएमा www.janatavoice.com मा सूचना प्रकाशन गरी तुरुन्तै अर्को मिति तय गरेको जानकारी गराइने छ ।


च) विजयी निबन्धका सर्जहरुलाई विजेता घोषणा गरेको भोलिपल्ट दिउँसो ३ बजे Google meet मार्फत भेला गरी सिर्जना वाचन गर्न लगाइने छ । वाचित् निबन्धहरु www.youbtube.com/publicntetworkonlinetv मार्फत् प्रशारण गरिनेछ ।

छ) निबन्ध उपर कुनै प्रकारको विवाद (मौलिकता सम्बन्धी, लेखन, कपीराइट, प्रकाशन र प्रशारण) उठेमा हाम्रा मूल्याङ्कनकर्ताहरूले गरेको निर्णय नै अन्तिम हुनेछ । सोको बारेमा www.janatavoice.comमा समाचार दिएर स्पष्ट पारिने छ । जसका बारेमा कतै उजुरबाजुर लाग्ने वा सुनुवाइ हुने छैन ।


ज) निबन्ध प्रतियोगिता सम्बन्धमा थप केही बुझ्नु परेमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ ।

हेर्नुहाेस् सूचना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश

Next Post

पुल सफाईमा रासमको सक्रियता, समाज सुत्दा जाग्छन् युवा (भिडियो सहित)

Next Post
पुल सफाईमा रासमको सक्रियता, समाज सुत्दा जाग्छन् युवा (भिडियो सहित)

पुल सफाईमा रासमको सक्रियता, समाज सुत्दा जाग्छन् युवा (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...