रामेछाप, साउन ३१ मिलन बि.क
https://janatavoice.com
जनता भ्वाईस्को एप डाउन्लोड गरि समाचार सजिलो गरि पढनुस्
शुक्रबारदेखी रामेछापको मन्थली नगरपालिका वडा नं –८ चिसापानीमा हिले जात्रा सुरुभएको छ । गत बिहिबार क्वाँटी खाएर,रक्षा बन्धन बाँधेर, लाठि नचाएर जात्रा सुरुभएको हो । यो जात्रा नौ दिन सम्म चल्ने मन्थली नगरपालिका वडा नं –८ चिसापानीका विश्व श्रेष्ठले बताए । उनले यो जात्रा परापूर्वकाल देखि निरन्तर संचालन भैरहेको भन्दै संस्कृतिको पहिचानले आफुहरुको पहिचान बनेकाले यसलाई निरन्तरता दिने बताए । उनले पछिल्लो समय केहि आर्थिक चुनौति भएको पनि जानकारी दिए । उनले रामेछापको चिसापानीमा मनाउने सो जात्रा यो पटक मन्थली नगरपालिका वडा नं १ मा पनि देखाउने बताएका छन् । संस्कृतिको प्रचारप्रसार र पर्यटन पर्वद्धन गर्ने उद्देश्यले जात्रा मन्थलीमा देखाउन लागिएको बताए ।
फोटो विमोद श्रेष्ठको फेस्बुकबाट
त्यस्तै नेवार समुदायले नौ दिन सम्म विभिन्न सांस्कृतिक परम्परा सहित मनाइने यो पर्वले सम्पुर्ण जाति, धर्म, संस्कार र एकताको सुत्रमा बाँध्नको लागि सहयोग पुगेको खल ब्यवस्थापन समितिका संयोजक लव श्रेष्ठले जानकारी दिए । यो पर्व नेवार समुदायको पहिचान भएकाले भावि पुस्ताको लागि पनि यस पर्वको महत्व रहेको उनले बताएका छन् । जात्रा हेर्न आउनेको संख्या पहिलाको तुलनामा अहिले वृद्धि भएको पनि उनले सुनाए ।