Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार
0
बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ । जनता भ्वाइस संवाददाता, रामेछाप


मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले राष्ट्रिय बालदिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् ।


कोरोना भाइरस कोभिड १९ का कारण औपचारिक कार्यक्रम गरी बालदिवस मनाउन नपाएको अवस्थालाई उध्रित गर्दै नगरप्रमुख बस्नेतले बन्दाबन्दीको अवस्थामा पनि बालबालिकाहरुलाई भविश्य सुनिष्चित गर्ने वातावरण बनाउन सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।


आफ्नै फेसबुक मार्फत शुभकामना दिँदै बस्नेतले अनलाइन प्रविधि मार्फत बालबालिकाहरुलाई सहभागीता गराउँदै कविता प्रतियोगिता गराएको हुँदा उक्त प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद् समेत दिएका छन् ।


हस्तलिखित् शुभकामना दिँदै बस्नेत लेख्छन्,

‘बालदिवस २०७७ को पावन अवसरमा यस वर्ष कोभिड १९ को महामारीले विश्व नै प्रभावित् बनेको अवस्थामा भविष्यका कर्णधार बालबालिका सबैभन्दा धेरै प्रभावित भइरहेका छन् । बितेका सात महिनादेखि विद्यालयहरु सञ्चालन हुन नसक्दा वृत्तिविकास रोकिएकोले घरभित्रै खुम्चिएर बस्नु परेको अवस्थामा उनीहरूको भविष्य सुनिश्चित गराउने वातावरण तयार गर्ने मुख्य जिम्मेवारी अभिभावक, जिम्मेवार निकायको भएकोले यसतर्फ विशेष ध्यान पुर्याउन हामी सबैले को साझा कर्तव्य हो ।


यसै अवसरमा मन्थली नगरपालिकाले आयोजना गरेको अनलाइन प्रविधिमार्फत् कविता प्रतियोगितामा सहभागिता जनाएर संकट र प्रविधिसँग साक्षात्कार हुनु भएका सबै बालबालिका प्रति उच्च सम्मान व्यक्त गर्दै भविष्यमा आउने चुनौतिको सामना गर्नु विकल्प नभएकोले ‘विपद्मा बाल अधिकारको सुनिश्चितता–हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बाल दिवस मनाउन गइ रहेको हुँदा समस्त बालबालिका प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’


बालदिवस मनाउनको लागि यस वर्ष कोरोना भाइरसको कारण सम्भवन नभएकोले भर्चुअल प्रविधि मार्फत कविता प्रतियोगिता भएको थियो । त्यसको परिणाम आज दिउँसो १ बजे सार्वजनिक हुने नगरपालिकाले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

इजरायलले दोस्रो पटक लकडाउन गर्ने, विरोधमा मन्त्रीले दिए राजीनामा

Next Post

रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने

Next Post
रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने

रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.