Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार, स्वास्थ्य
0
रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी विवाद समाधान समेत भएको छ ।

समितिले गरेको संशोधनमा यसअघि कोरोना बीमा मापदण्डमा उल्लेखित “नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशाला” भन्ने वाक्यांशलाई हटाएर “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला” भन्ने वाक्यांश समावेश गरेको छ । ये संशोधनले हाल स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने बाटो खोलेको हो ।

बीमा समितिले निजी ल्याबको परीक्षणलाई मान्यता दिए पनि नयाँ बीमालेख जारी गर्ने र पोजेटिभ देखिएकाको भुक्तानी गर्ने प्रक्रियामा भने निकै कडाइ गरेको छ ।

व्यक्तिगत बीमालेख बन्द

बीमालेख र मापदण्ड संशोधन भएसँगै व्यक्तिगत रुपमा गरिने बीमा बन्द भएको छ । यसअघि व्यक्तिगत तथा सामूहिक रुपमा बीमा गर्ने विकल्प रहेकोमा अब सामूहिक बीमालेख मात्रै जारी हुने भएको हो ।

यसअघि व्यक्तिले चाहेमा १ लाख बराबरको बीमाका लागि १ हजार रुपैयाँ र ५० हजारको बीमाका लागि ५ सय रुपैयाँ प्रिमियम तिरेर एकल बीमा गर्न सकिन्थ्यो । सामूहिक बीमालेखका लागि भने १ लाखको लागि ६ सय रुपैयाँ र ५० हजारको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यो संशोधनपछि कोरोना बीमाको शुल्क एउटै मात्र कायम भएको छ ।

उपचार गरे मात्रै पूरा भुक्तानी

यसअघि कोरोना संक्रमण पोजेटिभ देख्नेबित्तिकै तोकिएको बीमा बराबरको रकम भुक्तानी गर्नेगरी बीमालेख जारी गरिएको थियो । त्यो प्रावधानलाई संशोधन गरेर बीमा समितिले कोरोना पोजेटिभ देखिएमा तत्काल २५ प्रतिशत रकम मात्रै दिने र अस्पताल भर्ना भएमा वा औषधोपचार गर्नुपर्ने भएमा मात्रै सो औषधि उपचारको बिल बमोजिमको थप ७५ प्रतिशत बराबर हुने रकम नबढ्ने गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

अब कुनै अस्पताल वा ल्याबमा काम गर्ने कर्मचारीले आफ्नै अस्पताल वा ल्याबमा गरेको परीक्षणलाई मान्यता नदिने व्यवस्था समेत गरिएको छ । आफ्नो ल्याबबाट परीक्षण गर्दा गलत रिपोर्टिङ गर्नसक्ने सम्भावना भएकोले यस्तो व्यवस्था गरिएको हो ।

त्यस्तै, कुनैपनि बीमकले दाबी भुक्तानी गर्दा एउटै स्थानबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । बीमितले कोरोना पोजेटिभ देखिएको सक्कली प्रमाणपत्र पेश गरेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्नेछ । यदि कुनै बीमितले पेश गरेको प्रमाणपत्रमा शंका लागेमा बीमकले आफ्नै खर्चमा त्यस्तो बीमितको पुनः कोरोना परीक्षण गर्नसक्ने व्यवस्था समेत मापदण्डमा गरिएको छ । रातोपाटीले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बालदिवसको अवसरमा नगरप्रमुखको शुभकामना सन्देश

Next Post

आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)

Next Post
आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)

आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.