Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार
0
आयोजनाको मुआब्जाका लागि निवेदन दिन जिल्ला प्रशासनबाट सूचना जारी, नदी तटीय क्षेत्रका माझी समुदायको पेशा संकटमा (सूचना सहित्)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ । जनता भ्वाइस संवाददाता, रामेछाप
बहु प्रतिक्षित सुनकोशी–मरिण डाइभर्सन आयोजनाको काम काम अघि बढेको छ । जिल्ला प्रशासन कार्यालय, रामेछापले एक सूचना प्रकाशन गर्दै यस आयोजनाको प्रभावित क्षेत्र अन्र्तगत जग्गा प्राप्ती गर्नुपर्ने जग्गाधनीहरुको जग्गाको मुआब्जाको लागि निवेदन दिने आषयको सूचना प्रकाशित गरेको छ ।


सुनकोसी र तामाकोसी नदी किनारामा बसोबास गर्ने ३ सय ८९ जग्गाधनीहरुको नाम सार्वजनिक गर्दै जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय स्वरुप उल्लेखित जग्गाधनीहरुलाई मुआब्जाको लागि निवेदन दिन आउन भनेको हो ।


सूचना अनुसार आफ्नो नामको जग्गा सो आयोजनाका लागि यदि उपलब्ध गराउन नसक्ने हो भने के कति कारणले उपलब्ध गराउन नसक्ने हो ? सो समेत खुलाई गृह मन्त्रालयमा ७ दिन भित्र निवेदन दिन समेत जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै जग्गा उपलब्ध गराउन इच्छुक जग्गाधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मालपोत चुक्ता गरेको रसिद् र सम्बन्धित गाउँ–नगरपालिकाको सिफारिस साथ राखी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन समेत सूचना गरेको छ ।


मुआब्जाको लागि तामाकोसी र सुनकोसी तटीय क्षेत्रका अधिकांश माझी समुदायहरु रहेका छन् ।
सुनकोसी मरिण डाइभर्सन आयोजनाका लागि रामेछाप जिल्लाका जग्गाधनीहरुले ६ सय रोपनी भन्दा बढी जग्गाको मुआब्जा पाउनेछन् । यस आयोजनाको उच्चतम क्षेत्र मन्थली नगरपालिकाको वडा नं. ६ को हात्तीटारसम्म रहने यस आयोजनाका कर्मचारी विश्वबन्धु केसी बताउँछन् ।


केसीका अनुसार सुनकोसी–मरिण डाइभर्सन आयोजनाको बाँध तामाकोसी र सुनकोशी नदीको संगमस्थल बेनीघाटमा रहने छ भने पावर हाउस सिन्धुलीको माडी बजार भन्दा बाह्र किलोमिटर पश्चिम मरिणघाट नजिकै हुने छ ।


सोचेअनुरुप कार्य अगाडि बढ्ने हो भने आगामी ५ वर्षमा कार्यसम्पन्न हुने सुनकोसी मरिण डाइभर्सन आयोजना बताउँछ ।


पुर्खौंदेखि भोगचलन गर्दै आएको थातथलोलाई छोड्नुपर्दा सूचनामा प्रकाशित माझी समुदायहरुको माछा मार्ने व्यवसाय धरापमा पर्ने सो आयोजनाका स्थानीय विश्लेषकहरु बताउँछन् । मुआब्जाको रकम लिएर अन्य क्षेत्रमा स्थाननान्तरण हुँदा उक्त समुदायलाई कति सहज होला या नहोला ? त्यो भने गम्भिर प्रश्न बनेको छ ।

हेर्नुहाेस् गाेरखापत्रमा प्रकाशित सूचना २०७७ भदाै २८ गते

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै कोरोना बीमाको सबै भुक्तानी नपाइने

Next Post

कक्षा १२ को परिक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले थाल्यो तयारी

Next Post
कक्षा १२ को परिक्षाका लागि  राष्ट्रिय परीक्षा बोर्डले थाल्यो तयारी

कक्षा १२ को परिक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले थाल्यो तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...