Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

जनता भ्वाइस by जनता भ्वाइस
October 6, 2020
in समाचार
0
प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२० असोज, काठमाडौं ।

मुख्य चाडपर्वको मुखमा बजारमा प्याजको हाहाकार भएपछि सरकारले भारतसँग छलफल थालेको छ । प्याजमा लगाइएको बन्देज खोल्न चाडपर्व अघि नै खुलाउन अनौपचारिक छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालका लागि चाडपर्वको मुखमा प्याजको सहजीकरण गरिदिन छलफल भई रहेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।

‘हामी अनौपचारिक छलफलमा छौँ, यही चरणमा केही सहमति बने औपचारिक प्रक्रिया अघि बढ्छ,’ वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने । प्याजको आयात खुलाउन वाणिज्य मन्त्री र सरकारका अन्य निकायबाट पनि अनौपचारिक सम्बाद जारी रहेको सचिव अर्यालले बताए ।

अनौपचारिक सम्बादमा भारतीय अधिकारीहरुले आफ्नै समस्याहरु बताउने गरेको उनले सुनाए । प्याज सहज हुनुपर्छ भनेर मन्त्रालय गम्भीर ढंगले अगाडि बढेपनि सहमतिको निश्चित आकार भने बनिनसकेको मन्त्रालयले जनाएको छ ।

आफ्नो मुलुकमा अभाव भएको भन्दै भारतले गत भदौ २९ गतेदेखि प्याजको निर्यातमा रोक लगाएको छ । सुकेको प्याजका लागि भारतमा निर्भर नेपाली बजारमा अहिले प्याजको हाहाकार छ ।

भारतीय प्रतिबन्ध अघि बजारमा प्रतिकिलो ४५ रुपैयाँमा किनबेच हुने प्याजको भाउ अहिले एक सय ५० रुपैयाँ भन्दा माथि पुगेको छ । मुख्य चाडपर्वमा प्याजको माग अत्याधिक भएपनि बजारमा प्याज भने पाउनै छोडेको उपभोक्ताले गुनासो गरेका छन् । अनलाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी

Next Post

नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

Next Post
नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.