Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा

जनता भ्वाइस by जनता भ्वाइस
October 6, 2020
in समाचार
0
नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२० असोज, रुपन्देही।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्तथाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको गुनासो गरे ।

राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरालगायतले बोलेका थिए । अनलाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्याजको प्रतिबन्ध खोल्न भारतसँग पहल

Next Post

सामाजिक समस्या बन्दै ग्याजेट

Next Post
सामाजिक समस्या बन्दै ग्याजेट

सामाजिक समस्या बन्दै ग्याजेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.