Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रष्टाचारको आरोपको खण्डनमा वडाध्यक्षको प्रेस विज्ञप्ती, यस्तो छ विज्ञप्ती

जनता भ्वाइस by जनता भ्वाइस
October 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भ्रष्टाचारको आरोपको खण्डनमा वडाध्यक्षको प्रेस विज्ञप्ती, यस्तो छ विज्ञप्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज २६ । सविना कार्की, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका वडा नं. २ वडाध्यक्ष पदमबहादुर तामाङले बिजुलीको मिटर बक्समा आफूमाथि लागेको लान्छनाको प्रेस बिज्ञप्ती मार्फत खण्डन गरेका छन् । तामाङले आज एक विज्ञप्ती सार्वजनिक गर्दै सैपुमा भएको विद्युतीकरणमा उपभोक्तासँग अनाधिकृत रुपमा रकम असुलेको भन्ने आरोप निराधार भएको धारणा सार्वजनिक गरेका छन् ।


उक्त विद्युतीकरणको सन्दर्भमा आफ्नो विरुद्धमा विभिन्न अनलाइन तथा पत्रपत्रिकाले भ्रामक समाचार संप्रेषण गरेको र उक्त बारेमा सत्यतथ्य प्रकाशन प्रशारण गरेजस्तो नभएको आषय व्यक्त गरेका छन् ।


विद्युतीकरणको क्रममा प्रति घरधुरी २ हजार ७ सय रुपैयाँ असुल गरी ५ सय २३ रुपैयाँ प्रति घरधुरी बराबरको रकम भ्रष्टाचार गर्न खोजिएको भन्ने समाचार प्रकाशन प्रशारण गर्ने मिडियाकर्मीहरुलाई गत आर्थिक वर्षमा यसै वडा भित्र मिटर जडान गर्ने व्यक्तिले आफूखुशी रकम असुल गरेको विषयमा समेत खोजी गरिदिन तामाङले आग्रह गरेका छन् ।


आफू र आफ्नो वडा कार्यालयका विषयमा उठेका हरेक सबालको जिम्मेवारपूर्वक जवाफ दिनका लागि आफू सदैब तयार रहेको बताउँदै तामाङ्ले विभिन्न मिडियाले जुनसुकै कुरा उल्लेख गरेका भएपनि लिखु तामाकोसी गाउँपालिकामा हाल २ सय ७८ वटा र विगत २ वर्ष देखि फाइलिङ नमिलेको भन्दै फाइल रोकी मिटर जडान नगरिएको ठाउँको २७ वटा समेत गरी जम्मा ५ सय ५ वटा मिटर प्राधिकरणले उपलब्ध गराएको समेत जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।


उनले आफ्नो बारेमा गलत समाचार आएको भन्ने तर्फ इङ्गित गर्दै जिल्ला प्रहरी कार्यालय, रामेछापमा विद्युतीकरणको सवालमा बढी लिएको पैसा फिर्ता गर्छु भन्ने आषयको कागज गरेको भन्ने खाले विविध विषय उठेको प्रति सङ्केत गर्दै बजारमा आएका हल्ला तथा अफबाहहरु भ्रामक भएको समेत टिप्पणी गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्व र प्रेम

Next Post

‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

Next Post
‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...