Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फोहोरमा ठेकेदारको मनोमानी, स्थानीय भन्छन्, ‘के हामी फोहोरमै सुत्नु ?’

जनता भ्वाइस by जनता भ्वाइस
October 13, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
फोहोरमा ठेकेदारको मनोमानी, स्थानीय भन्छन्, ‘के हामी फोहोरमै सुत्नु ?’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज २६ । सविना कार्की, रामेछाप ।


मन्थली बजारको फोहोर नियमित नउठ्नुमा स्थानीयहरुले गुनासो गरेका छन् । विगतका दिनहरुमा नियमित उठ्ने गरेको फोहोर ठेकेदारको लापर्वाहीको कारण पछिल्ला दिनहरुमा उठन् नसकेको बजारबासी स्थानीय तथा व्यवसायीहरुले गुनासो गरेका हुन् ।

तस्वीर : बजारमा असरल्ल फालिएकाे फाेहाेर । श्राेत जय मानन्धर


विगत केही दिन अघि रामेछापका सहयोगी मन (रासम) ले सप्ताहव्यापी बजार सरसफाई अभियान संचालन गर्दा सुन्दर देखिएको मन्थली बजार हालका दिनमा फेरि कुरुप र फोहोरी बन्दै गइरहेको छ ।


नगरप्रमुख रमेशकुमार बस्नेतले समेत रासमले आयोजना गरेको सप्ताहव्यापी बजार सरसफाई कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाइरहँदा पछिल्ला दिनमा बजारको फोहोर उठ्न नसक्नु मन्थली नगरपालिका र ठेकेदार बीचको विवाद्ले हुन सक्ने रामेछापका सहयोगी मन (रासम) का सदस्य जय मानन्धर बताउँछन् ।


बजारको फोहोर संकलनको समयमा ठेकेदारको मनोमानी चल्ने गरेको छ । मन लागे फोहोर उठाउन गाडी पठाउने र मन नलागे नपठाउने हर्कत मौलाउँदै गएको प्रत्यक्ष देख्न सकिन्छ । त्यस सँगसँगै फोहोर संकलनका लागि एउटा ‘फिक्स समय’ नभएकाले आफूहरुलाई समस्या परेको एक व्यवसायी बताउँछन् । उनी भन्छन्, ‘फोहोर उठाउने गाडी कुनै दिन बिहान ६ बजे आउँछ, भोलिपल्छ ६ बजे आउँछ भनेर फोहोर बाहिर निकाल्यो ११ बजेसम्म पनि फोहोर लिन आउँदैन । अर्कोदिन बिहान ११ बजे आउला भनेर १० बजे फोहोर बाहिर निकाल्दा बिहानै गइसक्छ ।’

लाजमर्दाे रुपमा मन्थली बजारमा छरिएका फाेहाेरहरु ।


फोहोरको गाडी नियमित र निर्धारित समयमा नआउँदा बजारमा फोहोर छरिने गरेको व्यवसायी शंकर थापा बताउँछन् । गाडी आउला र फोहोर हालौंला भनेर बाहिर निकालेको फोहोर कुकुरले छरेर सडकभरि बनाउँदा त्यसले बजार थप फोहोर देखिने गरेको छ ।


रासमकै अर्का सदस्य नवराज श्रेष्ठ घरधनी तथा व्यवसायीहरुले फोहोरको गाडी आएपछि मात्रै फोहोर बाहिर निकाल्ने हो भने बजार फोहोर नदेखिने तर्क गर्छन् । उनी भन्छन्, ‘फोहोर उठाउने गाडीले सिटी बजाएर आवाज दिने हो भने फोहोर आएको संकेत मिल्ने गथ्र्यौ तर फोहोरवाला न आवाज दिन्छ, न फोहोर संकलनको इशारानै । व्यवसायीहरुलाई गाडी आएपछि मात्रै फोहोर बाहिर निकालिदिनुस् भन्दै आग्रह गर्दा ‘के हामी फोहोरमै सुत्नु ?’ भन्ने जवाफ दिने गर्दछन्, ।’


फोहोरको गतिविधि फोहोर बन्दै गएपछि मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल आफूले फोहोर संकलन गर्ने ठेकेदार पटक पटक बोलाएर यस बारेमा निर्देशन दिने गरेको भएपनि सोको पालना नगरेको बताउँछन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै पौडेल भन्छन्, ‘बजारको पहिलो सुन्दरता फोहोरको उचित व्यवस्थापन हो । यो कार्यका लागि मैले केही दिन अघि मात्रै फोहोर संकलन गर्ने ठेकेदारलाई कार्यकक्षमा बोलाएर यसबारेमा सोध्दा अब आइन्दा समयमा नै फोहोर संकलन गर्ने बताएका थिए । अब फेरि चाँढै बोलाएर यस विषयमा थप जानकारी लिने र उसलाई फोहोर संकलन गर्न सवारी साधनको समस्या परेको भए त्यसको समेत व्यवस्थापन गरिदिने कुरा बताउँछु ।’


फोहोर व्यवस्थापनमा मन्थली बजारबासी व्यवसायी तथा स्थानीयहरुको चासो हुनुपर्ने आवश्यकता यस फोहोरको फोहोरी समस्याले देखाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

Next Post

पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

Next Post
पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

पहिल्यै बनेको बीसीजी खोप कोभिड उपचारमा परीक्षण गरिँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...