Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’

जनता भ्वाइस by जनता भ्वाइस
November 13, 2020
in समाचार
0
पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २६ । सविना कार्की, रामेछाप ।


कोभिड (१९) सुरु भए सँगै रामेछाप जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा गहिरो प्रभाव परेको छ ।
विश्वमा कोरोना संक्रमणको माहामारीले तिव्र रुप लिएसँगै धेरै क्षेत्रमा कोभिडको असर भएता पनि विशेषगरि महिला तथा बालबालिकाको क्षेत्रमा ठूलो असर परेको जिल्लाका आठ वटै स्थानीयतहका उपाध्यक्षहरुको भनाइ रहेको छ ।


अहिले कोरोनाको आक्रान्तसँगै बालबालिकाहरुको पठनपाठनमा असहजता भएको, बालबालिकाको दिमागमा कोरोनाको त्रास रहको, सामाजिक दूरी कायम गरेर पठनपाठन सुचारु गरे तापनि दैनिक रुपमा पढाई नहुने, सबै ठाउँमा नेटको पहूँच नभएको कारण अनलाइन कक्षाहरुमा समावेश हुन नपाउने भएको कारण कोरोनाको प्रभाव धेरै जसो बालबालिकामा परेको, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतको भनाई रहेको छ ।
कार्कीका अनुसार कोभिड सुरु भएसँगै न्यायिक समितिमा महिला हिंसाका घटनाहरु बढिरहेका छन् । आर्थिक अभावका कारण बाहिर गएर कुनैपनि मजदुरी गर्न नपाउँदा घरमा महिला पुरुष बीच झैझगडा हुने मुख्य समस्या रहेको हो ।


मन्थली नगरपालिकाले ठूलो क्षेत्र ओगटेको छ । जहाँ बालबालिकाको क्षेत्रमा त गहिरो प्रभाव परेको नै छ तर महिलाहरुको विषयमा भने कुनै प्रभाव नपरेको उपाध्यक्ष माया कार्कीको भनाई रहेको छ ।
रोगको सिकार भएको भन्दापनि बालबालिकाको शैक्षिक अवस्था त नाजुक छँदैछ । ग्रामिण महिलाको क्षेत्रमा धेरै महिलाहरुको बसोबास हुने, पुरुषहरु शहरमा बस्ने भएकोले यो माहामारीको समयमा सहरमा बसोबास गर्ने पुरुषहरु गाउँतिर पर्किएपछि पनि महिलाहरुलाई घरको काममा सघाउनको सट्टा उल्टै उनीहरुकै सेवामा बढी खटिनुपर्दा महिलाहरु तनाबमा झेलिनुपरेको, सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता बिष्टको भनाई छ ।

यसै विषयमा रामेछाप नगरपालिकाकी उपाध्यक्ष सिर्जना खड्काको भनाई यस्तो रहेको छ । रामेछाप नगरपालिका यसै ग्रामिण भेग भएकोले खासै यो विषयमा असर दुबै पक्षलाई भएको छैन । लकडाउनको समयमा पनि बालबालिकाहरु घरघरमै व्यस्त रहेका छन् । घरमै बसेर पनि विभिन्न माध्यमबाट शिक्षण सिकाई भई रहेको छ । महिलाहरुलाई कामको बोझ र मानिसहरुको बढी जमघटको कारण महिलाहरुमा अलिबढी तनाव भएको मात्रै हो । त्यस्तो किसिमको अप्रिय घटना भने रामेछाप नगरपालिका भित्र घटेको पाइदैन ।


लिखु तामाकोसी गाउँपालिकाभित्र पछिल्लो समायमा ४ जना महिलाहरुमा कोरोना पुष्टि भएको गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले जानकारी दिनुभएको छ । उहाँको भनाई अनुसार कोरोनाको कारण बालबालिकाको शैक्षिक क्षेत्र त अस्तव्यस्त नै रहेको छ । भनेजस्तो तरिकाले शिक्षा लिन नपाउँदा बालबालिकाको शैक्षिक क्षेत्र निकै खस्किएको छ । कोरना संक्रमणकै कारण महिलाहरु बढी चिन्तित रहेका छन् । अन्य खालका समस्या तथा घटनाहरु भने महिलाहरुमा देखिएको छैन ।


कोरोना भाइरस सबैका लागि एउटा घातक रोग हो । जसले विभिन्न क्षेत्रमा असर त पारेको नै छ । तर भोलिका दिनमा भविश्यका कर्णधार बन्ने बालबालिकाहरु र दैनिक जीवन धान्ने महिलाहरुमा पनि विशेष खालको असर परेको छ । सबै तिर लगभग उस्तै समस्या रहेका छन् ।
त्यस्तै दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृषला घिसिङलाई पनि महिला तथा बालबालिकामा परेको प्रभावको विषयमा हामीले सोधेका थियौँ । उहाँको भनाई अनुसार बालबालिकाको शैक्षिक अवस्थालाई हेर्दा एकदमै जोखिम रहेको छ भने महिलाहरुको समस्यालाई मात्रै नियाल्दा कोरोना सुरु भएर काठमाडौँ बस्ने मानिसहरु गाउँ फर्किन थालेपछि विशेषगरि पुरुषहरुले महिलाहरुलाई मदिरा सेवन गरी घरेलु हिँसा गर्ने, फुर्सदिलो भएको कारण घरको काममा सघाउनको साटो जुवातास खेलेर समय र पैसाको बर्बाद् गर्ने भएको कारण पनि महिलाहरुमा अलिबढी दिक्दारीपन देखिने गरेको छ ।


आफ्नो चहाना विपरितको शिक्षा लिनु परेकोमा बालबालिकाहरुमा नैराश्यता छाएको छ । कतिपय बालबालिकाहरुले अझैपनि विद्यालय जान पाएका छैनन् । विशेषगरि ग्रामिण भेगमा बसोबास गर्ने बालबालिकाहरुका लागि यसको असर ज्वलन्त रुपमा देखिएको पाइएको छ । किनकी सबै सेवा सुविधाबाट उनीहरु बन्चित रहेका छन् । महिलाहरुको विषयलाई हेर्दा जति हामीले आदर्शको कुरा गरेपनि घरधन्दाका हरेक कामहरु महिला दिदी बहिनीहरुले नै गर्नुपर्ने हँुदा सामान्य रुपमा महिलाहरुमा घरेलु हिंसाका घटनाहरु घटिरहेका छन् । पुरुषहरुले घरायसी कामदेखि लिएर हरेक आर्थिक रुपमा दवाव दिएकै कारणले गर्दा पनि यस्ता घटनाहरु बढिरहेको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको भनाई रहेको छ ।


यसै विषयमा गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठको भनाईको आषय पनि खासै फरक देखिँदैन । कुराकानीको सन्दर्भमा श्रेष्ठ भन्नुहुन्छ, ‘यस गाउँपालिकामा धेरैजसो दलितको बसोबास रहेको छ । आर्थिक समस्याको कारणले सामान्य रुपमा झैझगडा त हुन्छन् नै । तर त्यस्तो ठूलै झैझगडाका घटनाहरु चाहिँ पालिकासम्म आएका छैनन् । बालबालिकाको विषयमा कोरोना माहामारीको समयमा सबैभन्दा बढी प्रभावमा बालबालिकाहरु परेका छन् । किनभने उनीहरुले निरन्तर शिक्षा लिन पाएका छैनन् । कुनै न कुनै माध्यमबाट शिक्षा हासिल गरे तापनि सबै ठाउँमा सबै सेवा सुविधाहरुको पहुँच नभएको कारण बालबालिकाहरुको शिक्षण सिकाईको क्षेत्रमा निकै नै प्रभाव परेको छ ।’


कोभिडको असर सबै क्षेत्रमा परेको छ । तर सबैभन्दा बढी बालबालिकाको क्षेत्रमा असर देखिएको कुरा नगर तथा गाउँपालिकाका उपाध्यक्षहरुको भनाई रहेको छ । साथै कोभिडको अर्काे असर महिलामा पर्नुेको मुख्य कारण आर्थिक अभावका कारण नोकरी गर्ने सबै मानिसहरु गाउँ फर्किएपछि कुनै आयस्रोत नहुँदा समेत घरमा झैझगडाका सानातिना घटनाहरु देखिएका छन् । त्यस्तै धेरै गाउँ फर्किएपछि पुरुषहरु फुर्सदिला हुने, घरको काममा सहयोग गर्नको सट्टा जुवातास खेलेर समय बिताउने, होहल्ला गर्ने, घरपरिवारलाई असर पर्ने खालका मानसिक दवाव दिने हुनाले महिलाहरुमा यस्तो खालको प्रभाव परेको सबै पालिकाका उपाध्यक्षहरु बताउँछन् । गाउँपालिकाका उपाध्यक्षहरुको भनाईलाई हेर्दा लगभग सबै नगर अथवा गाउँपालिकाहरुमा महिला तथा बालबालिकाहरुको क्षेत्रमा उस्तै नै समस्या रहेको देखिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

व्यापारिहरुमा उपभोक्ता स्वास्थ्यको परवाह भएन, म्याद नाघेका वस्तुहरु ठूलो परिमाणमा भेटियो

Next Post

देउसी भैलो खेल्न प्रशासनको रोक

Next Post
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई

देउसी भैलो खेल्न प्रशासनको रोक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.