Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश निर्वाचनका लागि रामेछापबाट श्याम थापाको उम्मेदवारी घोषणा ।

जनता भ्वाइस by जनता भ्वाइस
December 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश निर्वाचनका लागि रामेछापबाट श्याम थापाको उम्मेदवारी घोषणा ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ३०, रामेछाप


नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आसन्न निर्वाचनका लागि रामेछापबाट निर्वतमान अध्यक्ष श्याम थापाले उमेद्वारी दिने भएका छन् । मंगलबार रामेछाप उद्योग वाणिज्य संघको कार्यालय, चेम्बर भवन मन्थलीमा अध्यक्ष केशवप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको संघका कार्यकारी प्रमुख नविन मनोहरले जानकारी दिएका हुन् ।


आगामी पौष ११ गतेदेखि १३ सम्म हुने साधारण सभा तथा निर्वाचनका लागि आफ्नो उम्मेदवारी रहने थापाले बताएका छन् । यद्यपि आफूले कुन पदका लागि निर्वाचन सामना गर्ने भन्ने बारे निर्णय नभइसकेको थापा बताउँछन् । प्रदेशका विभिन्न व्यवसायिक समस्याहरुको उठान र त्यसको सही व्यवस्थापनका लागि आफूले पहिलादेखि नै सोचिराखेको र त्यसका लागि काम गर्न आफूलाई मनैदेखि जाँगर लागेको जनता भ्वाइसँग कुराकानी गर्दै थापाले बताएका छन् । ‘प्रदेश स्तरको नेपाल उद्योग वाणिज्य महासंघमा यहाँको जित भयो भने के के काम गर्नुहुन्छ ?’ भन्ने जिज्ञासामा थापा भन्छन्,

‘पहिलो कुरा त प्रदेशको अवधारणा आएको धेरै भएको छैन । यस्तो अवस्थामा प्रदेशस्तरीय नेपाल उद्योग वाणिज्य महासंघलाई खुट्टा टेकाउनु नै मुख्य जिम्मेवारी हो । यतिबेला प्रदेश महासंघ निकै कमजोर छ । प्रदेश स्तरको महासंघका लागि आवश्यक पर्ने नीति नियम तथा मूल कानुन नै पूर्णरुपमा बनेको अवस्था छैन । हिँड्ने गोरेटो नै फराकिलो नभएपछि यात्रा कति सम्म सहज हुन सक्ला र ? त्यसैले मेरो जितले बागमती प्रदेशका सम्पूर्ण व्यवसायिहरुका लागि कानुनको निर्माण गरी सोको सही अनुभूति गराउने प्रयास रहने छ ।’


पछिल्लो समय कोरोना भाइरस कोभिड १९ का कारण सम्पूर्ण आकारका व्यवसायीहरुमा निकै ठूलो संकट देखिएको छ । कुनै व्यवसायीहरु पनि सहज ढंगले व्यवसाय विस्तार गर्न सकिरहेको अवस्था छैन । बागमती प्रदेशका हरेक व्यवसायीहरुको आम समस्यालाई आफूले निराकरण गर्न राज्यस्तरसँग पहलका लागि काम गर्ने बारेको धारणा थापा राख्छन् । व्यवसायीहरुको आम समस्या भनेकै बैंकिङ् कारोबारमा आएको समस्या भएको र बैंकको ब्याज तिर्न नसक्ने अवस्था भएका कारण धेरै व्यवसायीहरु सटर ताला लगाएर पलायन हुनुपर्ने अवस्था आएको थापाको ठहर छ ।
यसै सम्बन्धमा बागमती प्रदेशका व्यवसायीहरुको आम समस्याको बारेमा के गर्नुहुन्छ ? भन्ने जिज्ञासाको जवाफमा थापा अगाडि भन्छन्,

‘एउटा चिया पसलेले दूध र चिनीको मूल्य चुकाउन नसकेको अवस्थामा आफ्नो व्यापार नै बन्द गर्नुपर्ने स्थिति छ । यसरी त्यो व्यवसायीले चिनी र दूधको मूल्य चुकाउन नसक्दा त्यसको असर खुद्रा या होलसेल व्यवसायी, आयातकर्ता, कृषक र अन्त्यमा राज्यस्तरमा समेत त्यसले ठाडो असर पार्दछ । यसैलाई न्यूनिकरण गर्नका लागि राज्यले मर्कामा परेको व्यवसायी केन्द्रित नगद राहतको व्यवस्था गर्नुपर्ने कुरालाई अब जोड गर्नुपर्छ । यदि साँच्चै मर्कामा परेका व्यवसायीलाई आर्थिक राहतको प्याकेज मार्फत् व्यवसायमा टिकाइराख्ने र कोरोना भाइरसका कारण व्यवसायमा देखावटी मर्का परेको देखाउने व्यवसायीलाई आफ्नो दायित्व चुक्ता गर्न लागाउनु पर्दछ । त्यसका लागि बागमती प्रदेशका सम्पूर्ण जिल्लाका व्यवसायीहरुको खुशीका लागि काम गर्ने रहर छ ।’


नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशमा हुने निर्वाचनका लागि थापाको उम्मेदवारीको निर्णय रामेछाप उद्योग वाणिज्य संघले आकस्मिक बैठक मार्फत् गरेको जानकारी दिएको छ । थापाको जस्तै प्रदेश निर्वाचनका लागि उम्मेदवारीका आकाँक्षी रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्काको समेत रहेको स्रोतले बताएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषि वन कार्यक्रमको नाममा ठगी, शाखा प्रमुखले नै आफ्नै कार्यालय विरुद्ध बुझाए ज्ञापनपत्र

Next Post

नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय

Next Post
नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय

नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.