Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा सुमित श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप– आसन्न पत्रकार महासंघ निर्वाचनको मिति नजिकिदै गर्दा रामेछाप जिल्लामा पनि चुनावि माहौल तात्तिदै गएको छ । प्रेस चौतारीले अध्यक्षको उम्मेद्वारी सौजन्यप्रसाद सत्याललाई घोषणा गरिसेको र अन्य संघ संगठनहरुमा उम्मेद्वारीको छलफल चलिरहेको बेला पत्रकार सुमित श्रेष्ठले भने जिल्ला अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
२१ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार श्रेष्ठ जनता टेलीभिजन रामेछाप जिल्ला संवादाता हुन् भने हाम्रो अनलाइन न्यूज डटकम र पुष्पवृष्टि साप्ताहिकका सञ्चालक÷प्रकाशक तथा प्रधान सम्पादक हुन् । उनले आफ्नो कामको मूल्यांकन गर्दै एक पटक भोट दिन अनुरोध गरेका छन् । यस अघि पत्रकार श्रेष्ठले ब्यक्तिगत रुपमा ‘उत्कृष्ट आदिवासी जनाजाति पत्रकारिता वर्ष पुरस्कार’को लागि ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरिदिएका छन् ।


पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु

१. रामेछाप जिल्लाबाट सञ्चालित मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरणमा जिल्लाका ८ वटै स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ र आवश्यक परेमा दबाव समेत दिइनेछ । श्रमजीवि पत्रकारको सुरक्षा र पेशागत प्रवद्र्धनका लागि आवश्यक काम गरिनेछ ।


२. राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने गरी कडाईपूर्वक पहल गरिने छ ।

३. स्थानीय सरकारले सञ्चार माध्यममा गर्ने कुनैपनि विषयमा लक्षित खर्च, पहूँच र प्रभावको आधारमा नभई सबै सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा वितरणको लागि पहल गरिनेछ ।


४. स्थानीय सरकारहरूले सूचना तथा सञ्चारमा गर्ने खर्च जिल्ला बाहिरका नामनै नसुनेका र जिल्ला भित्रै निष्कृय अवस्थामा रहेका मिडियामा खर्च गरेको अवस्था छ, सो प्रकृयाको अन्त्य गर्नका लागि स्थानीय सरकारहरूले स्थानीय मिडियालाई नै उक्त कार्य सुम्पने र भुक्तानी पनि स्थानीय मिडियालाई दिने व्यवस्थाको लागि पहल गरिनेछ ।


५. जिल्लामा सञ्चालित रेडियो, पत्रिका र अनलाइन सञ्चार माध्यमहरूको आर्थिक विकास र प्रवद्र्धनको लागि पत्रकार महासङ्घ रामेछापको अगुवाइमा आन्तरिक कार्ययोजना बनाई तुरून्तै लागु गरिनेछ ।


६. जिल्लाका विभिन्न सञ्चार मध्यमहरूमा कार्यरत पत्रकारहरूलाई प्रत्येक २÷२ महिनामा कम्तीमा एकपटक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि समूहगत फिल्ड रिपोटिङ्ग भ्रमणमा लगिनेछ ।


७. जिल्लामा रहि निरन्तर पत्रकारितामा सङ्लग्न पत्रकार लक्षित उत्कृष्ट वार्षिक पत्रकारिता पुरस्कारको व्यवस्था गरिने छ ।


८. श्रमजीवि पत्रकारको सुरक्षा र स्थानीय मिडियाको विकासका लागि देशका तीनै तहका सरकारहरूसँग आवश्यक समन्वय र पहल गरिने छ ।


९. जिल्ला भित्र रहेका रेडियो, पत्रिका र अनलाइनमा कार्यरत प्राविधिकहरूका लागि प्राविधिक तालिम, समाचार डेस्कमा काम गर्ने र रिपोर्टरहरूका लागि लेखन तथा सम्पादन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

१०. अनलाइन सञ्चार माध्यमहरू सञ्चालक लक्षित लेखा, व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।


११. जिल्लामा रहेका पत्रकारहरूका लागि मिडिया कानुन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।


१२. जिल्लामा क्रियाशील सञ्चार संस्थाहरूका लागि आवश्यक पर्ने न्यूनतम प्राविधिक उपकरणहरूको व्यवस्थाका लागि तीनै तहका सरकारहरूसँग सार्थक समन्वय र पहल गरिनेछ ।


१३. जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरूको आर्थिक समृद्धिलाई टेवा पु¥याउन ‘पत्रकार सहकारी
कोष’ को स्थापनाको कार्ययोजना बनाई लागु गरिनेछ ।


१४. खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘उत्कृष्ट खोजमूलक फिल्ड
रिपोर्टिङ समाचार पुरस्कार’ प्रदानका लागि समेत कार्ययोजना बनाइनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृष्ण राई बिन्दासको “मकै पिस्ने घट्ट” (भिडियो सहित)

Next Post

नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

Next Post
नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

नयाँ गोरख गणमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...