रामेछाप । मन्थली नगरपालिकाले बैशाख १ गते बाट सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले नयाँ वर्ष २०७८ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान २०७८ शुरु भएको सार्वजनिकीकरण गरेको हो ।
पालिकाका उप सचिव हेमन्त बुढाथोकिले नगरका सबै वडामा शिविर संचालन गरिने जानकारी दिए । बैशाख १ गते देखि १६ गते भित्रमा सबै वडाहरुमा व्यक्तीगत घटना दर्ता अभियान चलाईने भएकोले आफुलाई पाएक पर्ने शिविरमा संम्पर्क राख्न संबन्धीत पक्षलाई उनले आग्रह समेत गरे ।
त्यसैगरि अभियानका बारेमा सर्वसाधारण सम्म सुचना प्रवाह गर्नका लागि पनि आबश्यक तयारी शुरु भैसकेको जानकारी दिए । सूचना संगै बैकिङ्ग सेबा मार्फत सुरु भएको सामाजीक भत्ता वितरण प्रणालीलाई थप ब्यवस्थीत बनाउन तर्फ पनि शिविर प्रभाबकारी हुने उनको भनाई छ ।
वडाध्यक्ष र कार्यपालीकाका सदस्य लगायत नगरपालीकाका सबै जसो शाखाकाका प्रमुख र कर्मचारी हरु समेतको उपस्थीतिमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेत र उप प्रमुख मायाँ कुमारी कार्किले पनि नयाँ बर्ष २०७८ को अबसरमा सहभागिहरु सबैलाई शुभकामना दिएका थिए ।