Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

Milan Ghimire by Milan Ghimire
August 18, 2019
in समाचार
0
छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१ भाद्र,

राप्रपाका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन् ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताएका हुन् ।
अध्यक्ष कमल थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
त्यस्तै थापाले मुक्ति दिवसलाई केवल एउटा घटना वा राजासित जोडेर नहेर्न सरकारसंग आग्रह गरेका छन् ।
अध्यक्ष थापाले जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा लामो संघर्ष गरेका र तिनकै नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दुस्खद भएको समेत तर्क गरे ।
मुक्ति दिवसलाई सम्मान गर्न नचाहेर परोक्ष रूपमा सरकारले संकृण मानसिकताको प्रदर्शन गरेको बताउदै यो दिवस एउटा घटना मात्र नभएर यसले सबै मानिस बराबर भएको सन्देश दिएको बताए ।
थापाले जातीय छुवाछूतलाई हिन्दु धर्मसित जोडेर हेरिएता पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पर्दै गिता र वेदले जातीय विभेद होइन समानताको बारे चर्चा गरेको जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, शिक्षाविद् डा.विद्यानाथ कोइराला, संगठनका अध्यक्ष श्रवण कुमार नेपाली, उपाध्यक्ष मिना स्वर्णकार, सरला बि.क, रामु नेपाली लगायतले मन्तव्य राखेका थिए ।
२०१९ भाद्र १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरि जातीय छुवाछूत उन्मुख गराएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा दुई दिन कर संकलन हुदै

Next Post

सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ

Next Post
सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ

सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.