Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सिस्नु मौलायो गंगालालको जन्मघरमा, बढेन पार्कको काम अगाडी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २९ रामेछाप, सन्तोष ढुङ्गेल

रामेछाप। पुष्पलाल र गंगालाल पार्क निर्माण गर्ने भनेर सरकारले भंगेरीमा ५० रोपनी जग्गा अधिग्रहण गरेर स्थानीयलाई मुआब्जा पनि दिइसकेको छ तर पार्क निर्माणको काम भने अगाडि बढ्न सकेको छैन ।
कम्युनिष्ट पार्टीकोे सरकार हुँदा समेत शहीद गंगालाल जन्मिएको भूमिलाई बेवास्था गरिएको स्थानीय नरेशबाबु श्रेष्ठ को भनाई छ । राजनीतिक पार्टीले गंगालाल र पुष्पलाललाई वर्षमा एक पटक सम्झनु बाहेक केही नगरेको श्रेष्ठले बताए । गंगालालको सम्मान हुन नसकेको भनी स्थानीयबासीले पटक–पटक गुनासो गर्दै आएका छन् ा नेताहरुले भने सधैभरी एउटै जवाफ दिने गरेका उनको आरोप छ ।
पुष्पलाल, गंगालाल पार्क युद्धस्तरमा निर्माण गरिने पूर्व सांसद एमाले केन्द्यि सदस्य देवशंकर पौडेल बताउछन् । स्थानियको चिन्तालाई गम्भिर रुपमा लिएका छौ जती सक्दो चाडै पार्क निर्माणको काम गरिने पनि पौडेलले बाताए ।

गंगालालको जन्मघर परिसारको सिस्नुघारी


गंगालालको जन्मभूमि भंगेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके दैनिक हजारौं पर्यटकहरु भित्र्याउन सकिने स्थानीयको भनाई छ ।
राणा शासन अन्तयका लागि लडेका शहीद गंगालाल श्रेष्ठको सम्मान हुन सकेको छैन । शहीद गंगालाल जन्मिएको भूमि भंगेरीमा सिस्नु घारिले ढाकिनु उहाँप्रतिको अपमान भएको रामेछापबासीको भनाई छ । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालालले राजनीतिक ब्यवस्था परिवर्तनको लागि पु¥याएको योगदानको सम्मान रामेछाप र सिंगो राज्यले नै गर्न नसकेको रामेछापबासीको गुनासो छ ।
रामेछाप जिल्लाको भंगेरीस्थित तुल्सीदाश श्रेष्ठको घरमा वि.स. १९७५ साल चैत्र ३ गते गंगालाल श्रेष्ठको जन्म भएका थियो । शहीद गंगालाल जन्मनु भएको रामेछापको भंगेरी, जहाँ अहिले सिस्नु घारिले ढाकिएको छ । गंगालालको नाम लिएर कयौं ब्यक्तिहरु नेता मन्त्री भए तर गंगालालको सम्मान गर्न नसकेको रामेछापबासीको गुनासो छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनमा आमाको सम्झना

Next Post

नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

Next Post
नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...