Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सन्तोष ढुङ्गेल
रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान दिएर ७ सय रुपैयाँ पारिश्रमिक दिने शर्तमा बाँकेबाट ल्याएको ९ जना मजदुरलाई भनेअनुसार पारिश्रमिक नदिएपछि अलपत्र परेका हुन् ।


दैनिक ८ घण्टा काम गर्ने र ७ सय रुपैयाँ पारिश्रमिक दिने गरि आफूहरुलाई बोलाए पनि १२ घण्टा काम लगाएर भनेजति पारिश्रमिक नदिएको उनीहरुको भनाई छ । कतिपय दिनको त ४ घण्टाको मात्र पारिश्रमिक दिएको मजदुरहरुको गुनासो छ । सहमति अनुसारको काम र ज्याला नपाएपछि आफूहरु घर फर्किन बाध्य भएको नरबहादुर शाहीले बताए । निर्माण ब्यवसायिले आफ्नो मोबाइल समेत राखिदिएको शाहीले गुनासो गरे ।


मोबाइल भएको भए त्यही मोबाइल बेचर भए पनि बाटोखर्च गर्नुहुन्थ्यो, मोबाइल पनि दिएन उनले आँखाभरी आँसू पार्दै भने । शाहीले बाटोमा भोग लाग्दा खानको लागि भनेर पाइन्टको खल्तीमा एक मुठिजति केराउको दाना बोकेका थिए । उनले भने बाटोखर्च छैन हिड्दा भोक लाग्यो भने चनाको दाना र पानी खाएर भए पनि ज्यान बचाउन सकिन्छ भनेर काम गरेकै ठाउँबाट एक मुठि चना खल्तीमा लिएर आएको हुँ, मुठिमा चना देखाउँदै भने । निर्माण ब्यवसायि जयप्रकाश मल्लले ९ जनालाई बाटोखर्च स्वरुप ५ हजार रुपैयाँ दिएको त्यस मध्य २ हजार ५ सय रुपैयाँ खर्च भइसकेको अर्का मजदुर कर्ण राउतले बताए ।


हामीलाई बोलाउँदा जे भनेको थियो त्यसको ठीक उल्टो भयो हामी त यहाँ श्रमदान गर्न आएजस्तो भयो राउतले गुनासो गरे । हाइड्रोपावरबाट दुई दिन पैदल यात्रा गरेर सदरमुकाम मन्थली आइपुगेका मजदुरहरु बन्दा बन्दीको कारण अपलपत्र मात्र परेका छैनन् बेखर्ची समेत भएका छन् । अलपत्र परेका मजदुरहरु बाँके जिल्लाको बैजनाथ गाउँपालिकाका ४ जना र खजुरा गाउँपालिकाका ५ जना रहेका छन् ।

घर हिड्नु अघि स्वाव परीक्षणको लागि भन्दै प्रतिब्यक्ति २ हजार पाँच सय रुपैयाँको दरले पैसा कटाएको तर आपूmहरुलाई स्वाव रिपोर्ट समेत नदिई पठाएको मजदुरुले गुनासो गरेका छन् । हाइड्रोपावर निर्माण कम्पनीले लेबरको ज्याला भनेजति नदिनुका साथै हाइड्रोपावरमा नियमित काम गर्ने कर्मचारीको तलब भत्तामा समेत कटौती गरेको निर्माण ब्यवसायिले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मदन-आश्रित अस्ताएको २८ वर्ष पूरा, एमाले रामेछापले गर्यो सालिकमा माल्यार्पण

Next Post

सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

Next Post
सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.