Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डाँफे फाउन्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
May 27, 2021
in राष्ट्रिय समाचार, समाचार
0
डाँफे फाउन्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सन्तोष ढुङ्गेल । जेठ १३।

अमेरिकी संस्था डाँफे फाउन्डेसनले रामेछाप जिल्लाको तामाकोसी अस्पताललाई तीन थान इलेक्ट्रोनिक अक्सिजन कन्सनटेरर्स सहयोग गरेको छ । कोभिड –१९ का कारण विश्वमा महामारी फैलिए सगै संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अबस्थामा सो
संस्थाले अस्पताललाई उक्त सामाग्री सहयोग गरेको हो ।

डाँफे फाउन्डेसनका तर्फबाट डाक्टर दिपेन कडरियाले आफ्ना प्रतिनिधि पराग खड्का मार्फत सो सामाग्री तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यलाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा बिरामीहरु अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर आफुले उक्त सामग्री सहयोग गरेको डाक्टर कडरियाको भनाइ छ । अक्सिजन कन्सनटेटर्स विद्युतद्वारा संचालन हुने भएकाले अक्सिजन सिलिन्डरको झन्झट नहुने अस्पतालले जनाएको छ ।

फाउन्डेसनद्वारा प्रदान गरिएको इलेक्ट्रोनिक अक्सिजन कन्सनटेटर्स आजैबाट प्रयोगमा ल्याइएको तामाकोसी अस्पतालका निर्देशक डाक्टर सुमन कर्मचार्यले जानकारी दिएका छन् । अक्सिजन कन्सनटेटर्स मार्फत रामेछापका नागरिकले तामाकोसी अस्पतालमा सहजै अक्सिजन सहितको उपचार पाउने पनि कर्मचार्यले बताए । यसअघि तामाकोसी अस्पतालले अक्सिजन सिलिन्डर प्रयोग गरिरहेको भए पनि बिरामीहरुको लागि अक्सिजन झन सहज हुने भएको छ । यस्तो संकटको समयमा मानिसको प्राण प्रदान गर्ने अक्सिजन मेसिन उपलब्ध गराएको भन्दै डाक्टर कर्मचार्यले डाफे फाउन्डेसन र दाता डाक्टर दिपेन कडरियालाई धन्यवाद ब्यक्त गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रतिनिधिसभा विघटन विरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

Next Post

काङ्ग्रेस युवा नेता वाइबाद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा आर्थिक सहयोग

Next Post
काङ्ग्रेस युवा नेता वाइबाद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा आर्थिक सहयोग

काङ्ग्रेस युवा नेता वाइबाद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा आर्थिक सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...