Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छ घण्टामा आउनु पर्ने रिपोर्ट तीन दिन सम्ममा पनि आउँदैन


रामेछाप २४ जेठ ।
परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् । पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका लागि तनाव त्यत्तिनै हुने गरेको छ । समान्यतया स्वाब दिएको ६ घण्टामा यसको रिर्पोट आउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण बताउछन्, तर रामेछापबाट पिसिआरका लागि स्वाब पठाएको ३ दिनमा पनि रिर्पोट आउने गरेको छैन ।


पिसिआरका लागि आफुले स्वाब पठाएको तिन दिन वितिसक्दा पनि रिर्पोट नआउँदा आफुलाइ मानसिक तनाव भएको नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठ बताए । उनले आफुलाइ मात्र नभएर परिवारका सदस्यलाई पनि त्यतिकै तनाव हुने गरेको बताए ।
छिमेकी जिल्लाहरुमा पिसिआर परिक्षणका लागि मेसिन प्रयोगमा आइसक्दा पनि रामेछाप जिल्लामा भने मेसिन ल्याउने कुराको अत्तो पत्तो छैन । मेसिन खरिदका बिषयमा सरकारका जिम्मेवार निकायहरु प्रयास भइरहेको सतही जवाफ दिएर पन्छने गरेका छन् ।


पिसिआर मेसिन खरिद वा अन्य कुनै बिकल्पका बिषयमा आफुले प्रयास गरिरहेको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्ण भने लामो समयदेखीको आफ्नो प्रयास सफल हुन नसकेको बताउछन् । मेसिन खरिदका लागि केहि स्थानीय तहका प्रमुखहरुले ५ देखी १० लाख सम्म सहयोगको आश्वासन दिएको भएपनि अधिकांश स्थानीय तहहरुले पैसा नभएको भन्दै टार्ने गरेको जनस्वास्थ्य प्रमुख कर्ण बताए । संक्रमणको दर दैनिक रुपमा बढ्दै जाँदा नागरीकहरुले स्वाब परिक्षणका लागि आवश्यक पर्ने पिसिआर मेसिन खरिदका लागि कुरा उठाउँदा पनि आफ्नो आवाज कमजोर भएको नागरीक अगुवाहरु बताउँछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

Next Post

कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post
कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.