Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गण्डकीमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
गण्डकीमा  कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दलहरूलाई दिएको समयसीमा आज (शनिवार) दिउँसो ३ बजे सकिँदैछ ।

हिजो प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

काँग्रेस लगायतका विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ ।

प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङ(दीपक मनाङे)सहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजो नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् ।

नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिनुभएको हो ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य दीपक मनाङेले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।

कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् ।नेपालीनेटवर्क

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा भिडभाड

Next Post

कांग्रेस पदाधिकारी बैठक बस्दै

Next Post
बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

कांग्रेस पदाधिकारी बैठक बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.