सुनकोशिमा फेला परेको २ लासको पहिचान खुल्यो


 २०७८ असार ०२ गते  रामेछापको खाँडादेवी गा.पा.-४ पुछिघाट स्थित सुनकोसी नदिको किनारमा भेटिएको पहिचान खुल्न नसकेको  ब्यक्तीको लाशको पहिचान खुलेको छ। उक्त लाश  सिन्धुपाल्चोक पाँचपोखरी  थाङपाल गाँउपालिका वडा नं. २ बरुवा बस्ने बर्ष ६१ को ठाकुरे स्याङ्बो रहेको भनि निजको छोराले असार ६ गते सनाखत गरी पोस्टमार्टम  पस्चात लास बुझेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज ढुङ्गानाले जानकारी दिए।

यसै गरि असार ०३ गते खाडादेवी गा.पा. वडा नं. १ स्थित सुनकोशी नदीको किनारमा फेला परेको पहिचान हुन नसकेको पुरुषको लास जिल्ला सिन्धुपाल्चोक हेलम्वु गा.पा. वडा नं. १ हल्देवेशिका बर्ष ५० को सुनिल तामाङको रहेको भनी निजको भतिजाले सनाखत गरेका पनि प्रहरी नायब उपरिक्षक ढुङ्गानाले बताए।

तपाईको प्रतिकृया दिनुहोस्