Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मल चाहियो सरकार !

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in विचार
0
मल चाहियो सरकार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बोहोरा अंकल

यो ज्यान कृषि सामाग्री केन्द्रमा पुगेको थियो । सिन्धुली स्थित २ नम्बर बजारमा रहेको कृषि सामाग्री केन्द्र । जहाँ बाट नेपाल सरकारले अनुदान स्वरुप कृषकलाई युरिया मल बितरण गर्छ । रामेछापमा मल चाहिए पनि सिन्धुली पुग्नुपर्छ । रामेछापले मल, बीउको नाममा सहकारीलाई सिफारिसको कागज थम्याउछ।

घरमा पुग्दा मकै हुर्किदै रहेछ्न। घरमा बुढा बाबा-आमा हुनुहुन्छ। मकैले युरिया मल खोज्यो, थाहा पाए जति ठाउँमा अनुनय बिनय गरे मल छैन ।मल ल्याउने प्रक्रिया खोज्न सुरु गरेँ । गाँउको आफैले हातेमालो गरेको सहकारी मार्फत मल ल्याउने छलफल भयो। मैले कृषकलाई मल ल्याउने खुशी के सुनाएको थिए, भर्खर पानी परेर रहदा जस्तो हरियाली देखिन्छ त्यो भन्दा ज्यादा कृषक खुशी भए ।

 सहकारीका साथीहरू सहित मल लिन ट्र्क लिएर लागियो सिन्धुली । अब मल ल्याउने कृषक खुशी हुन्छ्न र केही अनुपात अन्न बढी फल्छ यस्तै एक बोरा, बोरा मात्र दिने अहिलेलाई भनेर सल्लाह गर्दै ठूलो सपना बोकेर कृषि सामाग्री केन्द्र सिन्धुली भित्र पसियो । ३ थान कर्मचारी, हाकिमको खाना खाने  समय, एक जना बाहिर एक जना अफिसमा आफ्नै तालमा को गयो, को आयो केही जानकार छैन, हाम्रो सबै कुरा सुनाउदा हाकिम आएपछि मात्र भन्नू कर्मचारी तन्त्र देखियो।

हाकिमसाबको सवारी भयो, अनि हाम्रो कुरा सुनेर ५४ डिग्री कुर्सी बनाएर भर्खर खाएको खानाको आनन्द लिदै अहिले मल छैन भन्ने जवाफ दिबक्स्यो । हामी छागां बाट खसे जस्तै भयौं । हामीले ट्रक लिएर आएका छौँ । कृपया मल लिएर जान्छौं, मल छैन, अहिले आउदैन आइतबार आउनु । कुरा बिहिवारको हो । बन्द छ, ट्रकको भाडा थेग्न सक्ने अवस्था छैन, छैन, खाने ठाउँ छैन, बस्ने ठाउँ छैन, पैसा ठिक पुग्ने मात्र लगेको छ, नखाउ भने दिनभरको सिकार खाउ भने खै के खै के भयो।

हामीले ट्रकलाई पैसा तिर्यौ, र जान अनुमति दियौं, हामी काठमाडौ आयौं, कृषक मल आउँछ हाल्छु अनि मकै सप्रीन्छ भनेर आशामा छन, अहिले हामीले फोन उठाउन सकेका छैनौं। अब ट्रकको भाडामा सहकारी बाट कति ठूलो बिवाद आउँछ, अबजस आउँछ, काममा अपरिपक्व जस्तो आरोप आउँछ, सहनुपर्छ किनकी म सामाजिक काम गर्छु भन्य अठोट लिएको छु। उता स्थानीय सरकार यस्ता कुरामा अन्जान छ। किनकी सिफारिसको कागज थम्याइ सकेको छ। गर्ब गर्न सकिन्छ म कृषि प्रधान देशको नागरिक, म कृषिलाई प्रबर्द्धन गर्छु भनेर? कृषकलाई मल चाहियो सरकार ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काङ्ग्रेस युवा नेता खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

Next Post

सुनकोशिमा फेला परेको २ लासको पहिचान खुल्यो

Next Post
सुनकोशिमा फेला परेको २ लासको पहिचान खुल्यो

सुनकोशिमा फेला परेको २ लासको पहिचान खुल्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...