Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । शुक्रबार बजार अनुगमनका लागि जिल्लाको अनुगमन टोली पुग्दा सिरसे र ढाँडे बजारका सबैजसो पसलहरु बन्द थिए । अरू दिन खुल्लानै रहने अधिकांश पसलहरु बिहान १० बजे नै बन्द गरिएको एक स्थानियले बताए । टोली ११ बजे सिरसे पुगेको थियो । टोलि बजारमा पुग्दा सबैजसो पसलहरु बन्द थिए ।

स्थानिय उपभोक्ताहरुका अनुसार – भुगोलको हिसाबले जिल्लाबाट टाढा र दुर्गम ठाउँ भएको र राज्यको उपस्थीति न्युन मात्रामा हुने हुँदा ब्यापारीहरुका लागि यहाँका बजार सुरक्षित पनि मानिन्छ । राज्यको उपस्थिति कमहुने यि बजारहरुमा अनुगमनका लागि टोली आउने कुराको सुचना ब्यापारीहरुले विहिबार बेलुकानै जानकारी पाईसकेका थिए ।

गत वर्ष अनुगमनका लगि पुगेको टोलीले सिरसे बजारमा भारि मात्रमा म्याद नाघेका सामाग्रि जफत गरेको थियो । जसका कारण ब्यापारीहरु अनुगमन टोलिको बारेमा सचेत थिए ।सोहि सुचनाका आधारमा आफुहरुले पसल बन्द गरेर हिडेको स्थानिय पौडेल थरका एक ब्यापारीले जानकारी दिनुभयो ।

दुर्गम भुगोलका कारण यहाँका अधिकांश पसलहरुमा म्याद नाघेका र ननाघेका सामाग्रिहरुको पर्वाहनै नगरि विक्रि गर्ने गर्दछन्  । उपभोक्ताहरुले पनि त्यसको कुनै पनि पर्वाह गर्दैनन् । यस खालको प्रचलनले यहाँका पसलहरुलाई ब्यापार गर्न निकै सन्चो बनाएको छ ।

कतिपय पसल बन्द हुनुमा खेतिको मौसम पनि भएको र कतिपयले नियतबसनै पसल बन्द गरेर हिडेको रामेछाप उद्योग वाणिज्य संघ रामेछापका उपाध्यक्ष समेत रहेका अनुगमन टोलीका सदस्य दामोदर थापाले पनि स्वीकार्नु भयो । तर यसलाई ब्यापारीहरुले पनि सकरात्मक रुपमा बुझ्नु जरुरी भएको थापाको भनाई रहेको छ ।

आफुले नियतबस रुपमा नराखेको भएपनि संभावित म्याद नाघेका सामाग्रिको जफत र कानूनि झन्झटबाट मुक्ति पाउन पनि कतिपय ब्यापारीहरुले टोली आउने सुचनाका आधारमा पसल बन्द गराउनु परेको अर्का एक ब्यापारीले आफनो नाम उल्लेख नगर्ने सर्तमा स्वीकार गरे ।

ओखलढुंगाको सिमाना स्थित लिखु किनारमा रहेका जिल्लाको लिखु तामाकोशि गाउँपालीका वडा नं २ मा पर्ने ति दुवै बजारमा गरि करिब ३ दर्जन भन्दा बढि पसल र होटलहरु रहेका छन् । जसमध्ये अनुगमन टोलीले सिरसेका औषधि मोवाईल लगायतका विभिन्न आधा दर्जन पसल मात्र अनुगमन गरेको थियो ।

त्यस बाहेक टोलीले धोवि बजारका समेत दुई दर्जन जति पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केहि पसलहरुबाट म्याद नाघेका खाद्यन्न सामाग्रि समेत जफत गरेको थियो भने कतिपयलाई पसल दर्ता गराएर संचालन गर्नका लागि सचेत गराईएको टोलीका संयोजक उद्योग अधिकृत मेघराज गौतमले बताउनु भयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

Next Post

खेलाडी युवाहरुलाई जर्सी वितरण

Next Post
खेलाडी युवाहरुलाई जर्सी वितरण

खेलाडी युवाहरुलाई जर्सी वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...