जन्मदिनको उपहारमा ज्योति लाईफको पोलिसि फाईल


रामेछाप । रामेछाप, भदौ, ०४ ।

ज्योती लाईफ ईन्स्योरेन्स रामेछापमा  रामेछापका एजेन्सी बिमोद श्रेष्ठले बहिनिको जन्म दिनमा ज्योती लाईफको पोलिसी फाईल हस्तान्तरण गरेका छन् ।जन्मदिनमा परमपरागत प्रणाली सुन, चाँदी, महङ्गो गह्रगहना उपहार दिने प्रचलन अस्वीकार गर्दै वीमा पोलिसि उपहार दिदा आफ्नो बहिनिको लागि बचत तथा भविष्यमा हुने आर्थिक तथा भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुगोस् भनि आफुले जन्म दिनको उपहार ज्योती लाईफको पोलिसी हस्तान्तरण गरेको  श्रेष्ठ बताउछन् ।

 कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन। त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न जोखिम सङ्ग्रह तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्न तथा उपयूक्त पुजि निर्माण गर्नको लागि बहिनिको जीवन बिमा खरिद गरि  सो पोलिसी उपहार दिएको हुँ -“उनि थप्छन्”।

आफ्नो दाजुले उपहारमा ज्योती लाईफको जीवन बिमा पोलिसी दिए पछि बहिनि सिता भन्छिन् -“सबैले गिफ्ट किनेर ल्याई सकेका थिए। साथी भाई सबै हातमा रङ्गी बिरङ्गि गिफ्ट प्याकको साथमा उभिएका थिए । तर आफ्नो दाजुको हातमा केहि थिएन। खल्लो मन बनाउदै केक काटे । तर अन्त्यमा दाजुले ज्योती लाईफको बिमा पोलिसी फाईल उपहारमा दिँदा  दङ्गै परे । ज्योतीलाईफको सेवा सुविधा धेरै सुनेको थिए । आज उपहारमै पाँए ।”

तपाईको प्रतिकृया दिनुहोस्