रामेछाप,भदौ ०४
रामेछापको मन्थली बजार क्षेत्रमा ट्राफिक प्रहरीले सुरक्षा अभियान सुरु गरेको छ । चार्ड पर्व नजिकिएसंगै दुर्घटनालाई मध्यनजर गर्दै नगरपालिकाको र सम्बन्धीत निकायसंगको समन्वयमा अभियानको सुरु गरेको जिल्ला ट्राफिक कार्यलयका प्रमुख सहायक निरिक्षक कुशहरि भण्डारीले जानकारी दिए । उनले रामेछापको सदरमुकाम समेत रहेको मन्थली बजारमा अब्यवस्थित पार्किङले बजारमा मानिसको आवत जावतमा धेरैैनै समस्या पारेको भन्दै उनीहरुको सुरक्षालाई ट्राफिक ब्यवास्थापनले मदत पुग्ने विश्वास ब्यक्त गरे ।
उनले दिएको जानकारी अनुसार अब मन्थली बजारमा बिहान ९ बजे देखी बिहान ११ बजे र दिउँसो ३ देखी साँझ ५ बजेसम्म मन्थली बजारमा गाडी लोड अन्लोड गर्ने नपाईने ब्यवास्था लागु गरिएको छ ।

विगतका चार्ड पर्वमा नयाँ चालकले गाडी लिएर आउने र याँहाको भौतिक संरचनाबारे उनीहरु जानकार नहुंदा धेरै र्दुघटना भएको पाईएकाले यस्को लागि पनि ट्राफिक कार्यलयले प्रमुख जिल्ला अधिकारी, नगरपालिका लगाएत सम्बन्धीत क्षेत्रसंग छलफल गरेको पनि जानकारी दिए ।
ट्राफिक प्रहरीले बुधबार बिहान मन्थली बजारको जिल्ला प्रशासन जानेबाटो, देवकोटा चोक, तामाकोसी सहकारी अस्पतालका रोड्का छेउमा अब्यवास्थित तरिकाले पार्किङमा राखिएका मोटरसाकल,सुमो,भ्यान, ट्याक्टर हटाएको थियो ।
निरिक्षक भण्डारीले आफुले यात्रु र मन्थली बजारका ग्राहकको सुरक्षा याँहाको प्रहरीको प्रमुख जिम्मेवारी भएको भन्दै खुर्काेट – सेलेघाटको बाटो गत असारमा परेको पानीले जीर्ण बनाएकोले अधिकाशं स्थानमा दोहोरो गाडी हिड्न नसक्ने अवस्थामा रहेको बताए । उनले जोखिम मोलेरै यात्रुहरु यात्रा गरिहेको बताए ।

अन्य जिल्ला ट्राफिक प्रहरी कार्यालयमा डोजर,ईस्काभेटर भएको उल्लेख गर्दै उनले रामेछाप जिल्लामा विपद्को लागि तयारी अवस्थामा चाहिने उपकरण नभएको गुनासो गरे ।