रामेछाप । बालयौन दुरुपयोग कसुरमा सुनापती गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार सुनापती गा.पा वडा नं.-२ वस्ने अन्दाजी १८ वर्षको राजकुमार रायमाझि पक्राउ परेका हुन् ।
सुनापती गा.पा वडा नं.-२ वस्ने एक छात्रालाई रायमाझिले विभिन्न प्रलोभन देखाई बारम्बार फोन गरी अनावश्यक हैरानी दिई, ललाई फकाई एक्लै भेट्न बोलाई आफ्नो घरमा आफु सुत्ने कोठामा लगी बिभिन्न किसिमको डर त्रास धम्कि दिई अवान्छित अमर्यादित र अस्वभाविक ब्यवहार गरेको आरोपमा रायमाझीलाई प्रहरीले पक्राउ गरेको हो ।
३ गते विहान अंदाजी ५ बजे साँदिडाँडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको अवस्थामा रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालयौन दुरुपयोग कसुरजन्य अपराधिक कार्य अन्तर्गत बालयौन दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धानका लागि रायमाझीलाई जिल्ला अदालत रामेछापबाट ३ दिनको म्याद थप गरी प्रहरीले नियन्त्रणमा राखेकोछ । ।