Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चोरि गर्ने ४ सार्वजनिक गर्यो प्रहरीले

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
चोरि गर्ने ४  सार्वजनिक गर्यो प्रहरीले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेहरुमा गोकुलगंगा गाउँपालीका ६ बस्ने क्रमश ठुला भन्ने ३३ बर्षिय मिलन तामङ्ग,बर्ष २६ को राहुल भन्ने लाल बहादुर तामाङ्ग,जंगे भन्ने ३४ वर्षिय आकास तामाङ्ग,र वर्ष १८ को आषिश भन्ने भूमिराज तामाङ्ग रहेका छन् ।
उनिहरुलाई भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । गएको भदौ ३१ गते टाउँको र मुखमा रुपमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका थिए ।उनीहरुमध्य दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरि नायब उपरिक्षक नवराज ढुङ्गानाले जानकारी गराउनु भयो ।
चोरहरुको साथबाट प्रहरीले भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान र अभियुक्तहरुले प्रयोग गरेर चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ ।
पिडितले दिएको जाहेरी अनुसार चोरहरुले १ तोलो बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको भोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोते, सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ अनाको माडवारी २ थान आधा तोलाको तिहरी, ६ तोलो चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको थयो ।
प्रारम्भीक अनुसान्धानमा अभियुक्तहरुले कसुर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनिहरु चारै जनालाई जिल्ला अदालतबाट शुक्रबारनै ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरिले जनाएको छ । समुहमा रहेका उनिहरु अन्य घटनामा पनि संलग्न भएको हुन सक्ने अनुमान पनि प्रहरिले गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बालयौन दुरुपयोग कसुरमा सुनापतीका एक युवक  पक्राउ

Next Post

नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

Next Post
नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.